सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

फेस्टिबलले दिन्छ जोडीलाई नजिकिने मौका, ‘भिक्षुणी’ ले गर्छन् निगरानी

बिहीबार, ३० मङ्सिर २०७३, १५ : ०१
बिहीबार, ३० मङ्सिर २०७३

संसारको सबैभन्दा चर्चित इलेक्ट्रोनिक डान्स म्युजिक फेस्टिवल टुमोरोल्याण्डको बारेमा तपाईंले सुन्नुभएकै होला । लगातार पछिल्लो १२ वर्षदेखि टुमोरोल्याण्ड संसारभरीका लाखौं मानिसहरुलाई मनोरञ्जन दिँदै आएको छ । जोडीका लागि टुमोरोल्याण्ड विशेष छ । यो पर्वमा उनीहरुलाई प्ष्ककष्लन एयष्लत का साथै इन्टिमेट हुनका लागि ‘द चर्च अफ लभ’ मा जाने मौका पनि दिइन्छ ।

सन् २००५ मा पहिलो टुमोरोल्याण्ड बेल्जियमको बूम शहरमा आयोजना भएको थियो जसमा ९ हजार मानिसले भाग लिएका थिए । सन् २०१६ मा करिब एक लाख ८० हजार मानिसले यो म्युजिकल फेस्टमा भाग लिएका थिए । ३ दिनसम्म् चल्ने यो फेस्टिवलमा दिमित्री वेगास, डेविड गुएट्टा, स्टीव ओकीसमेत संसारका निकै चर्चित गायकले कार्यक्रममा आफ्नो प्रस्तुती दिन्छन् ।

‘द चर्च अफ लभ’ मा खुल्छन् जोडीः टुमोरोल्याण्डमा तपाईंले निकै रोचक कुराहरु देख्न पाउनुहुन्छ । यहाँ प्रेमिल जोडीका लागि किसिङ पोइन्ट बनाइएको छ । यति मात्र होइन, म्युजिकल फेस्टमा जोडीलाई नजिकिनका लागि ‘द चर्च अफ लभ’ नामक एउटा कोठा बनाइएको हुन्छ । गुलाबी रङको चर्च आकारको उक्त कोठालाई जोडीका लागि निकै राम्रोसँग सजाइएको हुन्छ । बाहिर दुई भिक्षुणी बस्छन् ।

दुबै भिक्षुणीले जोडीलाई १० मिनेटको लागि ‘द चर्च अफ लभ’ भित्र बन्द हुने मौका दिन्छन् । यो क्रममा उनीहरुलाई सम्भोग गर्ने मौका पनि दिइन्छ । जब जोडी चर्चबाहिर हुन्छन् तब उनीहरुलाई सुरक्षित यौन सम्पर्कका लागि भिक्षुणीहरुले कण्डम पनि दिन्छन् । १० मिनेटसम्म उनीहरुलाई भिक्षुणीहरुले निगरानी गर्छन् । याद राख्नुपर्ने कुरा के छ भने अगाडिबाट उनीहरु भिक्षुणीजस्ता देखिन्छन् तर पछाडिबाट उनीहरुले स्ट्रिपरको ड्रेस लगाइरहेका हुन्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप