बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

निर्वाचनका लागि सबै दलको सहमति आवश्यक : प्रमुख निर्वाचन आयुक्त यादव

बुधबार, ०६ पुस २०७३, १० : ४१
बुधबार, ०६ पुस २०७३

हेटौँडा - प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले स्थानीय तह, प्रदेश र संसदीय क्षेत्रको निर्वाचन सबै दलको सहमतिबाट मात्रै सम्भव हुने बताएका छन् ।

हेटौँडा उपमहानरपालिका–५ स्थित नवर्निमित जिल्ला निर्वाचन कार्यालय भवन आज उद्घाटन गर्दै उहाँले आवश्यक ऐन कानुनको अभावमा तत्काल निर्वाचनको कार्यतालिका असम्भव रहेकाले यसका लागि सरकारलाई जानकारी गराइसकिएको बताए ।

प्रमुख आयुक्त श्री यादवले सम्बन्धित ऐन कानुन तत्काल संसद्बाट पारित गरी लालमोहर नलागेसम्म निर्वाचनको मिति घोषणा भए निर्वाचन कठिन हुने भएकाले अवरुद्ध खुलाइ निर्वाचनसँग सम्बन्धित ऐन कानुन सहितका पूर्वाधार तयार गर्न आग्रह गरे।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले निर्वाचनका आवश्यक कर्मचारी उपलब्ध गराउन गृहकार्य भइरहेको जानकारी दिए।

जिल्ला निर्वाचन अधिकृत गोविन्दप्रसाद पौडेलले सरकारबाट उपलब्ध भएको रु एक करोड २४ लाख ५४ हजारको लागतमा भवन निर्माण गरिएको हो भन्दै अहिले जिल्लामा नामावली अद्यावधिक गर्ने कार्य जारी रहेको जानकारी दिए । नवर्निमित भवन दुई तल्लासहित १३ कोठाको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप