बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

गुल्मी पुगेर गृहमन्त्री र रक्षामन्त्रीको एमालेमाथि हमला : खास राष्ट्रघाती एमाले हो

बुधबार, ०६ पुस २०७३, १६ : ०२
बुधबार, ०६ पुस २०७३

गुल्मी– गृहमन्त्री नेता विमलेन्द्र निधिले एमाले खास राष्ट्रघाती पार्टी भएको आरोप लगाएका छन् । संघीयता र परिवर्तनको विरोधी पार्टी राष्ट्रघाती भएको उनको भनाई छ । गुल्मीको रेसुङ्गा नगरपालिका–३ भाडगाउँमा कांग्रेसका पुर्व जिल्ला पार्टी सभापति तथा जिल्ला विकास समितिका पुर्व सभापति चन्द्र केसीका पिता ज्ञानबहादुर खत्रीको मृत्युको ११औं दिनको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

के–के भने उनले ? –५ नम्वर प्रदेशभित्र अहिले चलिरहेको आन्दोलनमा एमालेका पछाडि यस प्रदेशका कांग्रेसजन लगाग्नुहोला । –नेकपा एमालेले यति वेला तराई र पहाडबीच फाटो पार्न जनतामा नचाँहिदो भ्रम छरेको छ । त्यो भ्रमका पछाडि कांग्रेसका जिम्मेवार नेताहरु लाग्न हुँदैन । –संसद चल्न नदिने, संघीयता लगायत नयाँ संविधानले दिएका जनताका अधिकारलाई कार्यन्वयन हुनबाट रोक्ने एमालले नै हो । कायन्वयन गराउन खोज्ने यो सरकार कसरी राष्ट्रघाति भयो ? यदि यहाँ कोही राष्ट्रघाती छ भने त्यो एमाले नै हो । –हिजो नेकपा एमाले कै अध्यक्ष केपी ओलीले पहाडबाट तराई छुटाउन पेश गरेको प्रदेशको प्रस्तावको दस्तावेज बोकेर म यहाँ आएको छु ।

–एमालले जनतामा निकै भ्रम छ¥यो । लौ, हेर्नुुस्, हिजो एमाले नेता केपी ओलीले नै ५ नम्वर प्रदेशबाट तराईका जिल्ला छुटाएको दस्तावेज मैले यहाँ लिएर आएको छु । तपाई पत्रकारहरुले पनि सत्य कुरा लेख्नुस्, बोल्नुस् र जनतालाई सहि कुरा बुझाउनुु्स । हिजो यहि प्रस्ताव लैजाँदा एमाले राष्ट्रघाती नहुँने , अहिले हामीले पेश गर्दा राष्टघाती हुने ?

–एमालेमा नक्कली राष्ट्रवाद छ । एमालेको भ्रममा पर्न हुँदैन । –हामीले देश टुक्राउने प्रस्ताव लगेका होईनौं । सीमाङनकको प्रस्ताव लगेका हौँ । जुन प्रस्तावमाथि पक्ष विपक्षमा मतदान गराउने वातवरण संसदमा हुनु पर्छ सलाई रोक्नु भनेको देशलाई द्धन्द्धमा धकेल्नु र प्राप्त उपलव्धीहरुलाई खोस्न खोज्नु हो । –यस विषयमा एमालेबाट काग्रेसजन सजग हुनुहोस् । –एमाले वा जो कोहीलाई ५ नम्वर प्रदेशमाथिको प्रस्तावमा संसदमा पक्ष विपक्षमा मत हालेर छिनोफानो गर्ने अधिकार छ । आन्दोलन भन्दा त्यो वातवरण बनाउनतिर लाग्नुहोस् ।

रक्षामन्त्री बालकृष्ण खाँडले भने –५ नम्वर प्रदेशबाट तराईका जिल्ला छुटाउने विषयमा कांग्रेसले गरेको निर्णय विपरित म जान सक्दिनँ । –हो म पनि लुम्विनी अञ्चलवासी नै हो । तराई पहाड हिमाल, जनजाती, मुस्लीम मधेसी सवैलाई नयाँ संविधानले दिएको अधिकार प्राप्ती गराउने गरी र परिवर्तनको अनुभुती दिने गरी कांग्रेसले गरेको निर्णय विपरित जान सकिन्नँ । –हिमाल वचाएको छ, हिमालीले । पहाड बचाएको छ पहडीले र तराई वचाएको छ तराईवासीले । –राष्ट्रवाद हिमाल , पहाड तराईवासी सवैसंग वरावरी छ । छुट्टाउँदैमा कुनै खतरा हुँदैन । –रुपन्देहीबाट मलाई पनि किन वोल्नु हुन्न हाम्रो ५ नम्वर प्रदेशको आन्दालेनका विषयमा भनेर फोन आउछ । लुम्विनीसँग भावनात्मक सम्वन्ध मेरो पनि छ । तर, भोली सीमाना छुट्टिएपनि हाम्रो मन, हाम्रो सम्वन्ध कहिल्यै छुट्टिने छैन । जे–जति भ्रम छरिएको छ । यसबाट कांग्रेसजन सजग हुनुहोस् ।

-एमालेको राष्ट्रवादको नारा विल्कुलै नक्कली राष्ट्रवाद हो ।

वनमन्त्री शङ्कर भण्डारी, केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, पुष्पा भुसाल, वाणिज्य राज्यमन्त्री सुवर्ण ज्वारचन, सांसद अर्जुनप्रसाद जोशी, धु्रव वाग्ले र कृष्णबहादुर छन्तेल लगायतले संविधान कार्यान्वयनमा सबै दलहरु एक भएर अगाडी बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए ।

नेपाली काँग्रेस गुल्मीका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले संविधान संशोधन प्रस्ताव जनताको हित विपरित भएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप