सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

गिनिज बुकमा सुचिकृत संसारको सबैभन्दा पिरो खुर्सानी खाएपछि... (भिडियोसहित)

बुधबार, ०६ पुस २०७३, १६ : १८
बुधबार, ०६ पुस २०७३

१८ वर्षीया लिजि र सब्रिनाले संसारको सबैभन्दा पिरो खुर्सानी खाएको भिडियो सार्वजनिक भएपछि उनीहरु एकाएक चर्चामा आएका थिए । चार महिनाअघि पोष्ट गरिएको उक्त भिडियो संसारको सबैभन्दा पिरो खुर्सानी खाने प्रतिस्पर्धाको शीर्षकमा पोष्ट गरिएको छ ।

क्यरोलिना रिपर पिपर नाम दिइएको उक्त खुर्सानी खाएपछि उनीहरुको प्रतिक्रिया निकै भयानक देखिएको छ । दुई किशोरीमध्ये एकले उक्त पिरोलाई अलिकती भएपनि सहन गर्न सकेकी छिन् भने अर्कीले भने पिरो सहन नसकेर बेस्सरी रोएको देख्न सकिन्छ । उनीहरुको यो भिडियोलाई अहिलेसम्म ४६ लाख मानिसले हेरिसकेका छन् ।

अब त्यहि समुहले एउटा निकै अचम्मको व्यवसाय सुरु गरेको छ । आफूलाई मनपर्ने वा मननपर्ने मानिसहरुलाई जिस्काउनका लागि उनीहरुले संसारको सबैभन्दा पिरो खुर्सानीबाहिर चक्लेटको कोट लगाएर ९.९९ डलरमा बेचिरहेका छन् ।

गिनिज बुकमा दर्ता भएको संसारको यो सबैभन्दा पिरो खुर्सानीमा चक्लेट लगाउँदा यो पिरो होला वा गुलियो, हेरौं भिडियोः

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप