दाङको मसोट खोलामा बस दुर्घटना, तीनको मृत्यु, १७ घाइते
बिहीबार, ०७ पुस २०७३, ०८ : ३९
दाङ - लमही–घोराही सडकखण्डको मसोट खोलामा लु२ख ७७६ नंको बस आज दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार दुर्घटनामा परी अन्य १७ जना घाइते भएका छन् ।
दुर्घटनामा परी प्युठान खालाकी ३८ वर्षीया देहोरी विक र सौडियारका ६० वर्षीय चित्रबहादुर श्रेष्ठको मृत्यु भएको ट्राफिक प्रहरीका प्रहरी नायब निरीक्षक नन्दकुमार पोख्रेलले जानकारी दिएका छन् । एक मृतकको भने सनाखत हुन सकेको छैन ।
आज दिउँसो लमहीबाट घोराहीतर्फ आइरहेको गाडी दुर्घटनामा परेको हो । घाइतेहरुको राप्ती उपक्षेत्रीय अस्पताल घोराही र स्वास्थ्य केन्द्र लमहीमा उपचार भइरहेको छ । घाइतेको उद्धार कार्य जारी छ । मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण