अवैध सम्बन्धको आरोपमा ८१ वर्षिय बृद्धलाई गाउँ निकला गर्ने विरुद्ध मुद्दा दायर
गुल्मी – केहि दिन अघि ब्राम्हण महिलासँग अवैध सम्बन्ध राखेको आरोप लगाउँदै एक दलित बृद्धलाई गाउँ निकाला गर्ने दुई जना विरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । बृद्धलाई बाँधेर गाउँ घुमाउँदै गाउँ निकला गर्ने गुल्मी अर्बेनीका दुई जना व्यक्ति विरुद्ध बिहिबार जिल्ला प्रहरी कार्यालय गुल्मीमा सार्वजानिक अपराधको मुद्दा दायर गरिएको हो ।
के थियो घटना ?
- गुल्मीको अर्बेनी–५ का ८१ वर्षिय बृद्ध लालबहादुर सुनारलाई स्थानिय ४२ वर्षीया महिलासँग अवैध सम्वन्ध राखेको आरोप लगाइएको थियो ।
- गत पुस १ उनीहरुलाई गाउँबाट निकाला गरिएको थियो ।
- बृद्धको घरसमेत भत्काइदिएका थिए ।
– घरबाट त्यसरी वस्थापति भई जंगलतिर लागेका ति दुई जना छिमेकी गाविस हर्मिचौरको हार्से भन्ने भिर जंगलमा दुई दिन दुई रातसम्म खुल्ला आकाश मुनी बिताएका थिए ।
– उनका छोरा र अन्य आफन्तजनले खोज्दै जाँदा उक्त स्थानको ओढारमा खान पकाउँदै गरेको अवस्थामा फेला पारेर गाउँ फर्काएका थिए ।
– दलित अगुवाहरुले रातोपाटीका संवाददातालाई खबर दिएपछि घटना भएको चार दिनपछि घटनालाई बाहिर आएको थियो ।
पढ्नुहोस् समाचार
८१ वर्षीय वृद्धलाई परस्त्रीसँग सम्बन्ध राखेको आरोपमा वनवास पठाइयो
पिडितका छोरा अनुराम सुनारले दिएको जाहेरी अनुसार,
– गाउँ निकाला गर्ने र घर भत्काउन लगाउने सोही स्थानका अन्दाजी ४५ वर्षिय चिन्तामणी न्यौपाने र अर्वेनी गाविस कार्यालय सहायक झविलाल न्यौपानेविरुद्ध मुद्दा दायर गरिएको हो ।
–गाविस कार्यालय सहायकले ती महिलाका श्रीमान्सँग सम्बन्ध विच्छेद, र यता आरोपित बृद्धसँग सम्वन्ध स्थापितको कागज गराएर त्यहाँ सहभागी गाउँवासीलाई समेत हस्ताक्षर गराएका थिए ।
–स्थानिय तहमा पत्रकार आएको सुइँको पाएपछि अप्ठ्यारो पर्ने डरले उक्त सहायकले कागज च्यातेर फालेका छन् ।
पीडित महिला भन्छिन्,
–करिब सय डेढ सय जनाको हुल लिएर उनीहरुलाई गाविस कार्यालयमा लगिएको थियो ।
–त्यहाँ दुवैलाई केरकार गर्दै अवैध सम्वन्ध स्वीकार गर्न बाध्य पारेर औँठा छाप लगाउन लगाएको थियो ।
– त्यसपछि ‘वनवास पठाउनै पर्छ’ भन्दै दुवैलाई जंगलसम्म पुर्याइएको थियो ।
गाउँ निकाला गर्ने भन्छन्,
गाउँ निकलाको अगुवाई गरेको आरोपित चिन्तामणी न्यौपाने स्वयमले स्वीकार गरेका छन् ।
तर, गाउँ निकलाको निर्णय आफुले मात्रै नगरेको सय डेढ सय जना गाउँवासीले गरेको बताए ।
मैले मात्र होइन् सय डेड सय जनाले गाउँ निकला गर्ने गरेको निर्णयलाई मैले कार्यन्वयन गराउन निजको छोरालाई उनको घर भत्काउन लगाएको हुँ । ’
प्रहरीको तयारी
– प्रहरी नायव उपरिक्षक नेपालले सार्वाजानिक अपराधको मुद्धा दर्ता गरिने र आज नै आरोपितलाई जिल्ला प्रहरी कार्यालयमा झिकाउन पुर्तिघाट प्रहरी चौकीलाई निर्देशन दिने बताए ।
– घटना वाहिर आउनुको पहिलो दिन जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक भोलाबहादुर रावालले पनि तत्काल घटना स्थलमा पुर्तिघाट प्रहरी चौकीलाई खटाएर प्रारिम्भक अनुसन्धान सुरु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण