पेस्तोलसहित तीनजना पक्राउ
गौशाला - महोत्तरी जिल्लाको गौशाला नगरपालिका–९ मा गएराति प्रहरीले नलकटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–९ बस्ने गुदर महतो, रामकेवल महतो र वडा नम्बर १० बस्ने राजेन्द्र साह रहेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले बताए ।
गौशाला–९ स्थितमा गुदर महतोले आफैँ सञ्चालन गर्दै आएको कुखुरा फार्ममा अवैध हतियार लुकाइराखेको गोप्य सूचनाका आधारमा गएराति करिब ८ बजे इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी निरीक्षक शम्भु पोखरेलको नेतृत्वमा खटिगएको प्रहरी टोलीले कुखुरा फार्मबाटै तीनै जनालाई हतियारसहित पक्राउ गरेको प्रहरी उपरीक्षक उपाध्यायले बताए ।
तीनै जनाले कुखुरा फार्ममा प्लास्टिकको झोलामा बेरेर जमिनमा सुख्खा माटोले छोपेर एक थान नलकटुवा पेस्तोल लुकाइराखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।
नलकटुवासहित पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याउने तयारी भइरहको प्रहरी निरीक्षक पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान शान्ति सम्झौतामा नेपाल सरकारको स्वागत
-
प्रहरी बनाइदिन्छु भन्दै साढे ३ लाख ठगी गर्ने व्यक्ति पक्राउ
-
सुकुमबासी बस्ती हटाउन सेना प्रयोग भएको थिएन : अर्थमन्त्री
-
आर्थिक कूटनीति, सौम्य शक्ति प्रवर्द्धन सरकारकाे प्राथमिकतामा : परराष्ट्रमन्त्री
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण