जब वासिङ मेसिनमा भेटियो १२ फिट लामो अजिंगर (भिडियोसहित)
शनिबार, ०९ पुस २०७३, ११ : ०४
थाइल्याण्डमा सबैलाई चकित पारिदिने एउटा घटना सार्वजनिक भएको छ ।
४८ वर्षीया कोर्नचारुन रोइक्चाईको घरको वासिङ मेसिनमा १२ फिट लामो अजिंगर भेटिएको छ ।
उक्त भयानक दृश्यपछि निकै आत्तिएका उनले वन्यजन्तु बचाउने टोलीलाई खबर गरे ।
उक्त टोलीले अजिंगरलाई वासिङ मेसिनबाट सफलतापूर्वक निकाल्नका लागि ३० मिनेटको समय लगाए ।
क्रोन्चारुनले आफ्नो लागि यो घटना निकै त्रासदिपूर्ण रहेको बताए । उनी भन्छन्, ‘वासिङ मेसिन ब्रिगिएकोले धेरै समयदेखि प्रयोगहिन थियो । यसमा यस्तो होला भन्ने मैले कहिले सोचेको पनि थिइनँ ।’ ‘मैले ढोका खोल्नेबित्तिकै मलाई हृदयघात होला भन्ने भयो । अजिंगरको मुखभित्रको गुलाबी भाग मात्र मैले सम्झिएँ ।’
‘यो अहिलेसम्मकै त्रासदिपूर्ण घटना हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण