दोस्रो विश्वयुद्धको १.८ टनको बम भेटिएपछि जमर्नीमा ५० हजारलाई अन्यत्र सारियो
असबर्ग – जमर्नीको दक्षिणी भागमा रहेको एक सहरमा दोस्रो विश्वयुद्धको १.८ टन वजन भएको बम फेला परेपछि ५० हजार जना सर्वसाधारणलाई क्रिस्मसको दिन अन्यत्र सारिएको छ ।
भवन निर्माणका क्रममा जमर्नीको असबर्गमा गत हप्ता अन्डरग्राउण्ड कार पार्कमा उक्त बम फेला परेको थियो ।
डेसेम्बर २५ का दिन १.५ किलोमिटर क्षेत्रफलका ३२ हजार घरका ५४ हजार सर्वसाधारणलाई खाली गराइएको थियो ।
त्यहाँका वासिन्दालाई बिहान १० बजेसम्ममा घर खाली गर्न निर्देशन दिइएको थियो ।
राती ७ बजे सहरको आधिकारिक फेसबुक पेज मार्फत बम सफलता पूर्वक निश्क्रिय पारिएको र सर्वसाधारणलाई घर फर्कन आह्वान गरिएको थियो ।
सहरका मेयर कर्ट ग्रिबलका अनुसार उक्त बम दोस्रो विश्वयुद्ध ताका बेलायतले जमर्नीमा प्लेनमार्फत खसालेको थियो ।
विश्वयुद्ध अन्त्य भएको ७० वर्षपछि नपड्किएका त्यतिबेलाका बमहरुले युरोपमा बेलाबेला टाउको दुखाईको विषय बन्ने गरेको छ ।
यसअघि सन् २०१४ को जनवरीमा जमर्नीकै अस्र्किचेनमा एउटा बुलडोजरमा यस्तै नपड्किएको बम ठोक्किएर विस्फोट हुँदा १ जनाको मृत्यु भएको थियो भने कयौँ घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
-
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
-
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
-
रुपन्देहीमा बेवारिसे अवस्थामा भेटिए दुई वटा भारतीय कार, भन्सार बुझाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण