लेस्टरको अनौठो विरोध : स्टेडियममा देखिए ३० हजार ‘भार्डी’
लेस्टर – लेस्टर सिटीका समर्थकहरु सोमबार राती एभर्टनविरुद्ध भएको खेलमा स्टेडियमा क्लबका स्ट्राइकर जेमी भार्डीको मास्क लगाएर खेल हेरेका छन् ।
भार्डीलाई तीन खेलमा प्रतिबन्ध लगाएको विरोधमा उनीहरुले मास्क लगाएर विरोध प्रदर्शन गरेका हुन् ।
२९ वर्षीय भार्डीले गत १७ डिसेम्बरमा स्टोक सिटीविरुद्धको खेलमा मामे बिराम डिओफलाई फल हानेपछि रातो कार्ड पाएका थिए । उनलाई सो बापत तीन खेलमा प्रतिबन्धको सजाय सुनाइएको थियो ।
निर्णयविरुद्ध भार्डीले गरेको अपिल फुटबल एसोसिएसनले खारेज गरेपछि क्लबले बिरोध जनाउन ३० हजार प्रति भार्डीको मास्क प्रिन्ट गरेको थियो ।
भार्डी आफैले पनि उक्त मास्क लगाएर खेल हेरेका थिए ।
इंग्ल्याण्डका खेलाडठीले वेस्ट ह्याम र मिडल्सब्रोविरुद्धको खेल गुमाउने छन् । उनले ७ जनवारीमा हुने एभर्टनविरुद्धको एफए कपको तेस्रो राउण्डको खेल भने खेल्न पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण