तपाईंलाई हड्डी वा मांसपेशी दुख्ने समस्या छ ? यसरी छुटकारा पाउनेहोस् (भिडियोसहित)
मङ्गलबार, १२ पुस २०७३, ११ : ५७
स्वस्थ शरीरका लागि सबै प्रकारका भिटामिनको सन्तुलित आवश्यकता पर्दछ । शरीरलाई जाडो याममा सबैभन्दा बढी भिटमिन डीको आवश्यकता पर्दछ । भिटामिन डीलाई सामान्य रुपमा लिने गरे पनि यसको अभावले गम्भीर प्रकृतिका रोग ननिम्त्याउला भन्न सकिन्न । त्यस कारण भिटामिन डीको आवश्यकताा किन ? केमा पाइन्छ ? बरिष्ठ रोग विशेषज्ञ डाक्टर जीवन पौडेलका टिप्स यस्ता छन्:
विकसित मुलुकहरुमा भिटामिन डीको बारेमा धेरै चर्चा हुने गरे पनि नेपालमा भने यसको बारेमा खासै चर्चा सुनिदैन । कारण नेपालमा भिटामिन डीको शरीरमा आवश्यकता र यसको कमीले निम्तिन सक्ने समस्याका बारेमा धेरै अनिविज्ञ छन् । कतिपयले यसको कमीले तत्काल गम्भीर रोग देखा नपर्ने भएकाले पनि भिटामिन डीलाई बेवास्ता गर्छन् ।
भिटामिन डीबारे भ्रम
हाम्रो समाजमा भिटामिन डी नभए पनि हुन्छ र घामबाट भिटामिन डी पाइदैन भन्ने भ्रम छ । कालो हुने डरले पनि अधिकांश मानिस घाममा बस्दैन् बसी हाले पनि छाला सबै छोपेर बस्छन् । त्यसो गर्दा भिटामिन डी पाउन सकिदैन् । जसकारण सम्भव भएसम्म दैनिक १०,२० मिनेट छाला देखाएर घाममा बस्नु पर्छ । जसले छालामा भिटामिन डी खुम्चिएर वा निश्क्रिय रुपमा एक ठाउँमा जम्मा भई बसेकोे भिटामिन डी शरीरमा फैलिन्छ र ८० प्रतिशत भिटामिन डी प्राप्त हुन्छ ।
भिटामिन डीको आवश्यकता
१. भिटामिन डी शरीरका लागि अति आवश्यक तत्व हो । यसबाट क्याल्सियम र फस्फोरस पाइने हुँदा हड्डी बलियो हुन्छ ।
२. रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ ।
३. बालक तथा वृद्धमा हुने श्वासप्रश्वाससम्बन्धी रोग कम गराउँछ ।
४. बाथ रोग हुनबाट बचाउँछ ।
५. गर्भावस्थामा आमा र शिशु दुवैको हड्डी मजबुद बनाउँछ ।
६. अस्थिपञ्जर प्रणाली सक्रियका साथै बलियो बनाउँछ ।
भिटामिन डी पाइने प्रमुख स्रोत
दैनिक १५, २० मिनेट छाला देखाएर घाममा बस्ने ।
यी खानेकुरामा भिटामिन डी पाइन्छ
१. दूध, केरा, हरियो सागपात, माछा, मासु, अण्डा, बदामलगायतका खाना । साथै भिटामिन डी प्राप्त हुने ट्याब्लेट वा औषधी पनि हुन्छ । आवश्यकता हेरेर चिकित्सकको सल्लाह बमोजिम भिटामिन डी प्राप्त औषधीको सेवन गनुपर्छ ।
भिटामिन डीको कमीले हुने प्रमुख समस्या
१. हड्डी कमजोर हुने ।
२. हड्डी, मांसपेशी दुख्ने ।
३. अल्छी वा गलेको महसुस हुने ।
४. लामो समयसम्म भिटामिन डीको कमी भइरहे दीर्घ रोग लाग्नसमेत सहयोग पुग्छ ।
५ . कुनै रोग लागि हाल्यो भने औषधी सेवन गर्दा पनि लामो समय निको नहुने । विभिनन खाले सङ्क्रमण बढी हुने ।
भिटामिन डीको कमी हुन नदिने उपाय
१. दैनिक २० मिनेट छाला देखाई घाममा बस्ने ।
२. भिटामिन डी पाइने खानेकुरा खाने ।
३. हड्डी वा मांसपेशी दुखे वा कटकट खाएको अनुभूति भए तत्काल परीक्षण गराउने ।
४. कुनै रोग लागेको लामो समयसम्म निको नभए भीटामीन डीको कमीले हो कि भने परीक्षण गराई चिकित्सकको सल्लाहा बमोजिम औषधी सेवन वा अन्य कार्य गर्ने ।
https://www.youtube.com/watch?v=TFVyp3iayAo
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारको वार्षिक बजेटको २० प्रतिशत हिस्सा २५ दिनमै खर्च
-
नेकपाले माग्याे गणेश नेपालीको आत्मदाह घटनामा सरकारको धारणा
-
गणेश नेपालीको मृत्यु प्रकरण : निष्पक्ष छानबिन गर्न अमरेश सिंहको माग
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग गरियो छलफल
-
निजामती सेवा नियमावली संशोधन: कर्मचारीले पीरमर्का र गुनासो राख्न नपाउने
-
युवतीलाई अश्लील हर्कत गर्ने अधिकृतले दिए इन्कारी बयान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण