एक मानिस र माछाबिचको २५ वर्षे पुरानो प्रेम कहानी (भिडियो)
जपानाको चिबा प्रान्तमा अवस्थित ततेयामा बे, दुई अचम्मका साथीहरुको भेट्ने स्थल बनेको छ । स्थानीय गोताखोर हिरोयुकी अराकावा र योरिको नामको एसियाली सिपसेड र्यासबिच निकै बलियो सम्बन्ध स्थापित भएको छ । यी दुई विगत २५ वर्ष पहिले भेटेका थिए । त्यतिबेला देखि नै उनीहरु एकअर्कालाई बारम्बार भेटिरहन्छन् ।
आराकावाले विगत २५ वर्षदेखि तातेयामा बेको पानीमुनी रहेको ‘सिन्टो श्राइन’ को रेखदेख गरिरहेका छन् । उक्त श्राइनलाई हेर्न इच्छा व्यक्त गर्नेका लागि उनी गाइड पनि हुन् । त्यतिबेला उनी एउटा माछासँग निकै नजिकिए । ती माछा पनि अराकावाले बोलाउने बित्तिकै जता भएपनि कुदेर आइपुग्छ । यसका लागि उनले एउटा फलामका भाँडोलाई हम्मरले हिर्काउनु पर्छ । उनीहरुको सम्बन्ध २५ वर्ष पुरानो हो । उनले आफ्नो माछालाई निकै मायालु नाम दिएका छन् – योरिको ।
स्थानीय गोताखोरीको पसल चलाइरहेका हिरोयुकीले योरिकोसँगको आफ्नो दोस्तीबारे फेसबुकमा दर्साउने गरेका छन् । उनीहरुको सम्बन्धले पर्यटकलाई निकै आकर्षित गरेको छ । पर्यटकहरु यी दुईको प्रेम हेर्नका लागि मात्रै पनि उनीसँग गोताखोरीमा जाने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राहदानी प्रकरणका मुछिएका मणिन्द्रराज यसअघि कल बाइपास अपराधमा संलग्न
-
एमालेले मदन जयन्ती संगठनात्मक अभियानका साथ मनाउने
-
गैँडाकोटमा सवारी दुर्घटना हुँदा आठ जना घाइते
-
विद्युत् महसुल समायोजन तयारीः वर्षा र सुक्खायामका लागि छुट्टाछुट्टै मूल्य
-
बारामा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु
-
मुस्ताङ आउने विदेशी पर्यटक बढे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण