बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

सरकार र संघीय गठबन्धनको बैठक सुरु

मङ्गलबार, १२ पुस २०७३, १६ : ०१
मङ्गलबार, १२ पुस २०७३
काठमाडौं - सरकारमा सहभागी प्रमूख दल नेपाली कांग्रेस, माओवादी केन्द्र, मधेशी मोर्चा र संघीय गठबन्धनमा आवद्ध दलहरुको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आब्हानमा सुरु भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, सदन सञ्चालन, संविधान संशोधन, स्थानीय निर्वाचन लगायतका विषयमा छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, गृहमन्त्री बिमलेन्द्र निधि, नेताहरु रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, संशांक कोइराला, प्रकाशमान सिंह, माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’, संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुर लगायत मधेशी मोर्चाका प्रमूख नेताहरु सहभागी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप