नेपाल पुलिसलाई सुटिङमा स्वर्ण
मङ्गलबार, १२ पुस २०७३, १७ : १२
विराटनगर - पूर्वाञ्चलमा जारी सातौंँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला १० मिटर एयर राइफल टिम इभेन्ट्समा नेपाल पुलिसले स्वर्ण पदक हात पारेको छ ।
नेपाल पुलिसकी अस्मिता राई, फूलमाया क्याप्छाकी र दुर्गा सिङ्जालीको जोडीले कुल एक हजार १२२ अङ्क हासिल गर्दै स्वर्ण प्राप्त गरेका हुन् ।
रजत पदक प्राप्त गर्न सफल मध्यपश्चिमले एक हजार ६८ अङ्क हासिल गरेर रजत पदक प्राप्त गरेका छन् । मध्यपश्चिम टिममा शान्ति विष्ट, सीता सिंह र रुशी सोमै थापामगर थिए ।
यस्तै, बीना परियार, कल्पना परियार र सुबिना तामाङ सम्मिलित नेपाली सेनाको टिमले एक हजार ५४ अङ्क प्राप्त गरेर कास्य पदक पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुख्य राजमार्गहरूको पछिल्लो अवस्था : कतै एकतर्फी, कतै पूर्ण रूपमा बन्द
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण