कानपुरमा एक महिनामा दोस्रो रेल दुर्घटना, २ को निधन ४८ घाइते
बुधबार, १३ पुस २०७३, ०९ : ३३
कानपुर – कानपुर देहात नकिजै बुधबार विहान सियालदह–अजमेर एक्सप्रेस रेल दुर्घटना भएको छ । ट्रेनको १५ वटा डब्बा रेलको लिकबाट बाहिर गएको हो ।
घटनामा २ जनाको निधन भएको छ भने ४८ जना घाइते भएका छन् । घटना विहान करिब ५ बजेर ३० मिनेट जाँदा भएको हो ।
रेलको दुइवटा डब्बा नहरमा खसेको छ ।
एक महिनाअघि मात्र कानपुर नजिकै अर्को रेल दुर्घटना भएको थियो । नोभेम्बर २० तारिखका दिन भएको दुर्घटनामा १४५ जनाको निधन भएको थियो ।
इन्दौर पटना एक्सप्रेस रेलको १४ डिब्बा रेलको लिकभन्दा बाहिर निस्केको थियो । घटनामा मारिएका २५ जनाको अझै सनाखत हुन सकेको छैन ।
दिल्ली हावडा रुट बन्द
- घटना कानपुरबाट करिब ५० किलोमिटर टाढा रहेको रुला क्षेत्रमा भएको हो । दुर्घटनापछि दिल्ली–हावडा रुट बन्द गरिएको छ ।
- कानपुरका एसपीका अनुसार उद्दार कार्य जारी रहेको छ । हालसम्म २३ जना घाइतेलाई नजिकका अस्पतालहरुमा भर्ती गरिएको छ ।
रेलमन्त्रीद्वारा जाँचको आदेश
– रेलमन्त्री सुरेश प्रभुले बुधबार भने, ‘दुर्घटना दुर्भाग्यपूर्ण छ । म आफै उद्दार र राहतको कामलाई अनुगमन गरिरहेका छु ।’
– ‘रेलवेका अधिकारीहरुलाई तुरुन्त दुर्घटना स्थलमा पुग्न आदेश दिइएको छ । घाइतेहरुलाई औषधि उपचारको व्यवस्था मिलाइएको छ।’
– दुर्घटनाबारे जाँच गर्न आदेश दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
-
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
-
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
-
रुपन्देहीमा बेवारिसे अवस्थामा भेटिए दुई वटा भारतीय कार, भन्सार बुझाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण