अँध्यारोका कारण हक्की स्थगित
विराटनगर - सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत मङ्गलबार साँझ मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चल बीचको खेल अँध्यारोका कारण स्थगन भएको छ ।
निर्धारित ७० मिनेटका समयमा खेल गोलरहित बराबरीमा टुङ्गिएपछि १५ मिनेट थप्ने निर्णय गरिएको पनि दुवै टोलीका खेलाडीले अँध्यारोमा खेल्न नमानेपछि खेल स्थगन गरिएको थियो । साँझ ४ बजेपछि मात्र उक्त खेल सुरु हुन लागेको थियो । “खराब प्रकाशका कारण खेल स्थगन गरिएको हो,” हक्की प्रशिक्षक राजेन्द्र पाठकले भने । उक्त खेल आज पुनः सुरुदेखि खेलाइने छ । उक्त खेलमा विजयी हुने टोली फाइनलमा प्रवेश गर्नेछ । यसअघि नेपाली सेना फाइनलमा प्रवेश गरिसकेको छ । सेनाले मध्यपश्चिमाञ्चललाई पराजित गरेको थियो ।
यस्तै महिला हक्कीतर्फ आजको खेलमा राउन्ड रोबिन लिगमा सुदूरपश्चिमाञ्चलले सेनालाई १–० गोलअन्तरले हरायो । जितसँगै सुदूरपश्चिमाञ्चल ६ अङ्कसहित शीर्षस्थानमा छ । आज सुप, पश्चिमाञ्चलसँग तथा सेना पूर्वाञ्चलसँग खेल्नेछन् । महिलातर्फ सुदूरपश्चिमले तीन खेलमा पूरै जित हासिल गरेको छ । आजको खेल जितेमा उसले स्वर्ण जित्नेछ ।
पुरुष फुटबल
पुरुष फुटबलको सेमीफाइनल समीकरण पूरा भएको छ । धरानमा सम्पन्न खेलमा मङ्गलबार समूह ‘ख’मा रहेका सेना र सशस्त्र प्रहरीले गोलरहित बराबरी खेल्दै सेमीफाइनल प्रवेश गरेपछि समीकरण पूरा भएको हो ।
समूह ‘ख’बाट सेनाले ७ अङ्कसहित समूह विजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । पाँच अङ्क जोडेको सशस्त्र प्रहरी समूहको उपविजेताका रुपमा सेमीफाइनलमा प्रवेश गरेको छ ।
यस्तै समूह ‘क’को विजेता हँुदै नेपाल प्रहरी तथा मध्यमाञ्चल उपविजेताका रुपमा यसअघि सेमीफाइनल पुगिसकेका छन् । प्रहरीले आज सशस्त्र प्रहरीसँग तथा सेनाले मध्यमाञ्चलसँग सेमिफाइनल खेल्नेछन् ।
तेक्वान्दो
मङ्गलबार सम्पन्न पुरुषतर्फको तेक्वान्दोमा ८७ किलो तौलमा सेनाका रामहरि महतले मध्यमाञ्चलका पूर्णसिंह गुरुङलाई हराएर स्वर्ण जिते । उक्त स्पर्धामा पूर्वाञ्चलका श्यामकुमार घिसिङ र सशस्त्रका गोपाल पुतुवारले कास्य पदक हात पारे ।
यस्तै ५७ किलो तौलमा सेनाका ज्ञानी चुनाराले स्वर्ण पदक हात पारे । मध्यमाञ्चलका करुणा थापाले रजत तथा मध्यपश्चिमाञ्चलका सपना सारु मगर र सीता तामाङले कास्य पदक जिते ।
यसैगरी महिला ५३ किलो तौलमा सुदूरपश्चिमकी गीता विष्टलाई हराएर प्रहरीका निमा गुरुङले स्वर्ण पदक जितिन्। मध्यमाञ्चलका रेश्मा थापा मगर र पश्चिमाञ्चलका होमकुमारी गुरुङले भने कास्य पदक जिते । बैसठ्ठी किलो तौलमा सशस्त्रकी सङ्गीता बस्यालले स्वर्ण, पूर्वाञ्चलकी सुष्मा श्रेष्ठले रजत तथा मध्यपश्चिमाञ्चलका प्रतिभा थारू र पश्चिमाञ्चलका एलिसा केसीले कास्य पदक जिते।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधि सभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्ने कार्यसूची
-
पोखरामा निजामती कर्मचारी अस्पतालको सेवा विस्तार
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण