नेपाल–चीन संयुक्त सैन्य अभ्यास : चीन र भारतबीच ‘मिडिया वार’
काठमाडौँ – सन् २०१७ को शुरुवातमा नेपाल र चीनका सैनिकले गर्न लागेको संयुक्त सैन्य अभ्यासले भारत सशंकित बनेको छ । दुई देशबीच हुन लागेको संयुक्त सैन्य अभ्यासबारे भारतले चासो देखाउन थालेपछि चीनले भारतलाई ‘नेपाल–चीन सम्बन्धबारे ‘अलि खुला’ सोच राख्न सुझाव दिएको छ ।
भारतको संस्थापन पक्षसँग नजिक मानिने ‘मा लेख प्रकाशित गर्दै चीनले भारतलाई नेपाल–चीन सम्बन्धको मामिलामा अलि खुला सोँच राख्न सुझाव दिएको छ ।
लेखमा भारतीय मिडियाले यो विषयलाई अनावश्यक रुपमा उछाल्नुको पछाडिको कारण भनेको नेपाललाई दबाब दिनु नै रहेको बताइएको छ । ‘भारतले दक्षिण एसियाली राष्ट्रहरुलाई आफ्नो आँगन ठान्ने गरेको छ । र, यी राष्ट्रहरुले अन्य देशहरुसँग सहकार्य गर्दा धेरै चाँसो दिने गरेको छ, विशेष गरेर सुरक्षाको मामिलामा,’ लेखमा उल्लेख छ ।
‘भारतीय मिडियाले नेपालले चीनसँग अगामी फेब्रुअरी १० मा संयुक्त सैन्य अभ्यास गर्न लागेको र यो अपरम्परागत भएको बताइरहेको छ । तर, यो कुरालाई चीन र नेपाल दुवैले आधिकारिक रुपमा पुष्टि गरेका छैनन्,’ ग्लोबल टाइम्समा प्रकाशित लेखमा भनिएको छ ।
लेखमा भारतीय मिडियाले यो विषयलाई अनावश्यक रुपमा उछाल्नुको पछाडिको कारण भनेको नेपाललाई दबाब दिनु नै रहेको बताइएको छ । ‘भारतले दक्षिण एसियाली राष्ट्रहरुलाई आफ्नो आँगन ठान्ने गरेको छ । र, यी राष्ट्रहरुले अन्य देशहरुसँग सहकार्य गर्दा धेरै चाँसो दिने गरेको छ, विशेष गरेर सुरक्षाको मामिलामा,’ लेखमा उल्लेख छ ।
लेखमा भनिएको छ, ‘भारतले चीन–नेपाल सम्बन्धमा चाँसो व्यक्त गर्नुको कारण भनेको नेपालको चीनको प्रभाव पनि हो, किनभने नेपाल महत्वपूर्ण भौगोलिक अवस्थामा रहेको छ । हिमालयलाई पार गरेर चीनले नेपालमा प्रभाव बढाउने हो भने चीनले अन्य दक्षिण एसियाली राष्ट्रमा प्रत्यक्ष रुपमा प्रभाव पार्न सक्ने भारतको बुझाइ रहेको छ । यसले भारतको दक्षिण एसियाली रणनीतिमा ठूलो चुनौती खडा हुने देखिन्छ ।’
‘यद्यपि, नेपाल र चीनबीचको द्विपक्षीय सहकार्य दुई देशको राष्ट्रिय स्वार्थलाई सम्बद्र्धनका लागि हो, कुनै तेस्रो पक्ष विरुद्ध लक्षित होइन’ लेखमा भनिएको छ, ‘भारतीय अधिकारी, मिडिया, प्रबुद्ध वर्गले दुई देशबीच हुने सुरक्षा सहकार्यबारे धेरै चाँसो दिन आवश्इक छैन ।’
खेलमा नेपाल र भारत एक अर्कामा आर्थिक, सांस्कृतिक, सुरक्षा र राजनीतिक रुपमा धेरै निर्भर रहेको कारण नेपालमा भारतको प्रभावलाई नजर अन्दाज गर्न नसकिने बताइएको छ ।
‘तर, भारतले नेपाललाई जहिले पनि आफ्नो आँगन ठानेर चीन–नेपाल सम्बन्धमा अनावश्यक दबाब दिन वस्तुपरक र सम्भव छैन,’ लेखमा भनिएको छ, ‘पहिलो, क्षेत्रीय समिकरणको विकाससँगै दक्षिण एसियाको क्षेत्रीय स्थिति बदलिएको छ । दक्षिणपूर्वी समिकरण तीव्र रुपमा विकास भइरहेको अवस्था दक्षिण एसिया पछि परेको छ । दक्षिण एसियामा नयाँ एकीकरणको माग उच्च भए पनि भारतले मात्र त्यसलाई प्रबद्र्धन गर्न सकिरहेको छैन । त्यही भएर यस क्षेत्रबाहेकका देशहरु पनि यस समिकरणमा मिसिन अपरिहार्य बनेको छ ।’
चीनको विकास र वान बेल्ट वान रोडको अवधारणाले यस क्षेत्रका विकासशील राष्ट्रको माग पूरा गर्ने र चीनसँगको सहकार्य थप बलियो बनाउने तर्क लेखमा गरिएको छ ।
दक्षिण एसियामा बहुदेशीय सहकार्य नयाँ प्रवृत्तिको रुपमा ब्रिक्स देखि सार्क उदाएको बताउँदै भारतले यो नयाँ प्रवृत्तिलाई बुझ्न पनि लेखमा सुझाव दिइएको छ ।
‘चीन–नेपालबीच संयुक्त सैन्य अभ्यास भए यसले दुई देशको सम्बन्ध सुधार हुने र सुरक्षामा सहकार्यले राजनीतिक विश्वासको वातावरण मजबुत हुनेछ । भविष्यमा नेपाल र चीनले सामन्यीकृत र संस्थागत सुरक्षा ढाँचा थापना गर्न सक्नेछ । चीन–नेपाल सम्बन्ध अन्य छिमेकी देशका लागि राम्रो उदाहरण हुनसक्छ र यसले दक्षिण एसियाली राष्ट्रहरुसँग चीनको सम्बन्ध थप विकास गर्न मद्दत पुग्नेछ’ लेखमा भनिएको छ ।
जब भारतले चीन–नेपालबीचको सहकार्य ऊप्रति लक्षित नभएको बुझ्छ तब यो दुई पक्षीय सम्बन्ध त्रिपक्षीय सहकार्यमा परिणत हुने लेखमा विश्लेषण गरिएको छ ।
शीत युद्धकालिन सोचमा रहेरभन्दा पनि परिस्कृतरुपमा भारत–नेपालको सम्बन्ध अघि बढ्नुपर्छ । यस क्षेत्रको शक्तिको रुपमा रहेको भारतले दक्षिण एसियाली राष्ट्र र यसबाहेकका राष्ट्रहरुको सँग सहकार्यमा अलि खुला सोच राख्नुपर्छ । यो भारतको स्वार्थको विरुद्धमा नभएर दक्षिण एसियाको शान्ति र स्थायित्वका लागि महत्वपूर्ण हुने लेखमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाली स्पिनरहरूको रेकर्ड : पहिलो टी–२० मा बङ्गलादेश ४ विकेटले पराजित
-
अब एप्पलले पनि आफ्ना उत्पादनको मूल्य बढाउने
-
भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
-
झापामा सडक दुर्घटनाको ‘ग्राफ’ निरन्तर उकालो
-
ट्रम्प र मोदीबिच भेटवार्ता, अमेरिकी राष्ट्रपति भारत भ्रमणमा आउने
-
रुपन्देहीमा बेवारिसे अवस्थामा भेटिए दुई वटा भारतीय कार, भन्सार बुझाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण