सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एकैपटक पाँच बच्चा जन्माएर यिनले दोहोराइन् १२१ वर्ष पुरानो इतिहास

बुधबार, १३ पुस २०७३, १४ : ३६
बुधबार, १३ पुस २०७३

अमेरिकाको एरिजोनाको फिनिक्स शहरमा मारग्रेट बाउडिनेट र उनका श्रीमान माइकलले गत डिसेम्बर ४ तारिखमा डिग्निटी हेल्थ सेन्ट जोसेफ अस्पताल र मेडिकल सेन्टरमा एकैसाथ चार छोरी र एक छोरालाई जन्म दिएका छन् ।

भर्जिनियाको यो जोडी डा. जोन इलोइट (मल्टिपल–बर्थ प्रेगनेन्सीका विशेषज्ञ) सँग उपचार गराउनका लागि अस्थायी रुपमा एरिजोना बसाईं सरेका थिए ।

मारग्रेटको दिमागबाट केही नराम्रो होला कि भन्ने डर हटेपछि मात्र उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।

‘आशासँग मेरो विचित्रको सम्बन्ध छ,’ उनले गत बुधबार अस्पतालमा भनिन् ।

बाउडिनेटका साथीहरुले भर्जिनियामा उनीलगायत उनका स्वस्थ पाँच सन्तानको स्वागतार्थ विभिन्न योजना बनाइरहेको स्रोतले बताएको छ । उनी अर्को महिना  भर्जिनिया जाँदै छिन् ।

एक किलोभन्दा बढि उनका प्रत्येक सन्तानलाई २४ डाक्टरको एक समूहले १७ मिनेटमा निकालेको थियो ।

फिनिक्स शहरको १२१ वर्षको इतिहासमा यो पहिलो घटना हो जहाँ कुनै एक महिलाले एकैपटक पाँच बच्चालाई जन्म दिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप