परराष्ट्रमन्त्रीले सोधे, ‘कसले भन्यो नेपाल–चीनबीच संयुक्त सैन्य अभ्यास हुँदैछ ?’
काठमाडौं – नेपाल–चीनबीच सन् २०१७ को सुरुवातमा संयुक्त सैन्य अभ्यान हुन लागेको भनि भारतीय मिडियामा खैलाबैला मच्चिरहेको बेला सरकारले शैन्य अभ्यासको कुरै नभएको दाबी गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार पत्रकार सम्मेलन गरी पछिल्लो समय सञ्चारमाध्यममा सार्वजनिक नेपाल भारत र चीनबारेको ‘रिपोर्ट’हरु प्रति असन्तुष्टि जनाएको छ । मन्त्रालयले नेपाल–चीन बीच हुने भनिएको संयुक्त सैन्य अभ्यास, चीनसँग विगतमा भएको सम्झौताको कार्यान्वयन, भारतीय सेना मातहतमा नेपाली सेना शान्ति सेनामा रहने लगायतका विषयमा सार्वजनिक ‘रिपोर्ट’हरु प्रति असन्तुष्टि जनाएको हो । गत डिसेम्बर २६ मा भारतीय मिडिया ‘टाइम्स अफ इन्डिया’ले नेपाल र चीनले गर्न लागेको संयुक्त सैन्य अभ्यासले भारत चिन्तित बनेको बताएको थियो । जसको जवाफमा चीनको ग्लोबल टाइम्सले लेख नै लेखेर भारतलाई सुझावसहित खण्डन गरेको थियो । पढ्नुहोस्
नेपाल–चीन संयुक्त सैन्य अभ्यास : चीन र भारतबीच ‘मिडिया वार’
पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रकाशशरण महतले छिमेकी देश (चीन र भारत)सँगको सम्बन्धको विषयमा जुन खालको चर्चा भएको छ त्यो आधारहिन भएको दाबी गरे ।
उनले छिमेकीसँगको सम्बन्धलाई कसरी अघि बढाउने भन्ने सवालमा सरकारलाई राम्रो ज्ञान रहेको भन्दै गम्भीर र संवेदनशील विषयमा अनावश्यक प्रचार नगर्न आग्रह गरे । उनले हाल चर्चामा रहेको नेपाल चीन सैन्य अभ्यासको कुनै कुरै नभएको दाबी गर्दै संयुक्त राष्ट्रसँगमा नेपाली सेना भारतको मातहतमा पठाउने विषय पनि आधारहीन भएको बताए । बरु संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले आफूसँगको भेटमा नेपाली सेनाले शान्तिमा स्थापनामा खेलेको भूमिकाको प्रशंसा गरेको परराष्ट्रमन्त्री सुनाउन भ्याए । नेपाल–भारत तथा नेपाल चीनको सम्बन्धको विषमया मिडियाले नबुझीकन लेखेको आरोप लगाए । आरोपहरुको खण्डन उनले विगतको एमाले नेतृत्वको सरकारले गरेका सन्धी सम्झौतालाई अहिलेको सरकारले ध्यान नदिएको भन्ने आरोपको खण्डन गर्दै ती सम्झौताहरु कार्यान्वयनको चरणमा रहेको बताए । उनले भने, ‘चीनबाट ६ महिनामै नेपालमा रेल आउन सक्दैन, समय त अवश्यक लाग्छ ।’ यस्तै उनले चीनियाँ राष्ट्रपतिलाई नेपाल भ्रमणमा ल्याउन पहल भइरहेको समेत बताए । यस्तै चीनसँगको नाकाहरु सञ्चालनमा ल्याई आपूर्ति सहज बनाउन पनि सरकारले पहल गरिरहेको र यसका लागि दुबैं देशका अधिकारीबीच छलफल निरन्तर कुराकानी भइरहेको समेत बताए । यस्तै भारतसँग बिग्रिएको सम्बन्ध सुधारको क्रममा रहेको भन्दै उनले नेपाल भारत र चीन दुवैसँग राम्रो सम्बन्ध बनाउन चाहन्छ भने । उनले सरकार नेपालमा नेपाल र भारत दुबै देशविरुद्धका गतिविधि हुन नदिन प्रतिबद्ध रहेको समेत बताए । यस्तै उनले परिवर्तिन सन्दर्भमा नेपालको परराष्ट्र नीति बदलिनु पर्ने र त्यसका लागि सरकार लागिपरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भएपछि मेरो प्रिय क्लास छुट्यो– मन्त्री महावीर पुन
-
३७० रुपैयाँको बिरयानी प्रकरण : कमेडियन प्राणित मोरे र हिमांशुविरुद्ध एफआईआर दर्ता
-
ट्रम्पको कार्यकालमा आप्रवासी हिरासत केन्द्रहरूमा मृत्यु दर दोब्बर
-
दीपिका बाहिरिएपछि ‘कल्की’ मा आलियाको प्रवेश ? यस्तो छ निर्माण पक्षको भनाइ
-
सांसद हर्क साम्पाङको लाइसेन्स स्वतः रद्द भैसकेको फेला
-
युक्रेनद्वारा मस्कोको प्रमुख तेल प्रशोधन केन्द्रमा फेरि ड्रोन आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण