बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

भलिबलमा पुरुषतर्फ नेपाली सेनालाई स्वर्ण, महिलामा सशस्त्र प्रहरीलाई

बुधबार, १३ पुस २०७३, १७ : ४७
बुधबार, १३ पुस २०७३

सुनसरी - सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत इटहरी रङ्गशालामा भर्खरै भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।

पुरुष भलिबलमा नेपाली सेनाले स्वर्ण पदक जितेको छ भने महिलातर्फको स्वर्ण सशस्त्र प्रहरीले जितेको छ ।

पुरुषतर्फ फाइनल खेलमा नेपाली सेनाले सशस्त्र प्रहरीलाई तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई पराजित गर्दै स्वर्ण पदक जितेको हो ।

पुरुषतर्फ नेपाली सेनाले सशस्त्र प्रहरीलाई २५–२१, २५–१६ र २५–१६ को सोझो सेटमा तथा महिलातर्फ सशस्त्र प्रहरीले मध्यमाञ्चललाई २५–२१, २५–२१ र २५–२२ अङ्कले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप