फिलिपिन्सका राष्ट्रपतिले भने, ‘मैले भ्रष्टाचारीहरुलाई हेलिकप्टरबाट फालेको छु’
मनिला – फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले उडिरहेको हेलिकप्टरबाट भ्रष्ट अधिकारीहरुलाई फाल्ने चेतावती दिएका छन् । आफूले यस्तो कार्य पहिले पनि गरिसकेको बताउँदै डुटेर्टेले सो चेतावनी दिएका हुन् ।
‘यदी कसैले भ्रष्टाचार गरेको पत्ता लागे म हेलिकप्टरमा राखेर आकाशबाट फलिदिने छु,’ भ्रष्टाचार र लागुऔषधविरुद्ध अभियान चलाइरहेका डुटेर्टेले भने ।
यसरी आफूले गैरन्यायीक हत्या गरेको स्वीकार गरेको पहिलो पटक भने होइन । अघिल्लो महिना डुटेर्टेले आफू डाभायोको मेयर भएको बेला तीन जना अपराधीलाई गोली हानेर मारेको स्वीकार गरेका थिए ।
राष्ट्रपतिका प्रवक्ताले भने उनको टिप्पणीलाई ‘दन्त्यकथा’ भन्दै टारेका छन् । यसअघिको गोली हानी हत्या गरेको प्रतिक्रियालाई पनि अर्का प्रवक्ता मार्टिन एन्डानारले ‘शाब्दिकरुपमा’ नलिन आग्रह गरेका थिए ।
मध्य फिलिपिन्समा समुद्री आँधीबाट प्रभावित जनतालाई सम्बोधन गर्दै डुटेर्टेले मंगलबार पछिल्लो टिप्पणी गरेका थिए ।
उनले सरकारले प्रभावित जनतालाई दिइने राहतमाथि कसैले भ्रष्टाचार गरे ‘हेलिकप्टर कारवाही’ गर्ने चेतावनी दिएका थिए ।
‘मैले यो पहिला पनि गरेको छु, र फेरि पनि गर्नेछु’ उनले भने ।
बिहिबार भने उनले आफ्नो टिप्पणीबाट पछि हटेका थिए । एबिएस–सिबिएन न्युजसँगको अन्तर्वार्तामा उनले भने, ‘हेलिकप्टरबाट मान्छे फाल्ने ? यदी मैले गरेको थिएँ भने पनि सार्वजनिकरुपमा किन त्यसलाई स्वीकार गर्थे ?’
आफ्नो प्रतिक्रियाबाट पछि हटेको यो पहिलो अवसर भने होइन ।
गत डिसेम्बर १६ मा बिबिसीसँग उनले आफू डाभाओको मेयर हुँदा ३ जना अपराधीलाई गोली हानेर मारेको बताएका थिए । उनले भनेका थिए, ‘मैले तीन जनालाई मारेको थिए.... उनीहरुको शरीरमा कति गोली हाने मलाई याद छैन । यो भएको हो र म झुठ बोल्न सक्दिन ।’
राष्ट्रपतिमा निर्वाचित हुन अघि उनी दुई दशकसम्म फिलिपिन्सको दक्षिणी शहर डाभाओका मेयर थिए । त्यतिबेला उनले त्यहाँको आपराधिक क्रियाकलाप निर्मुल पार्न ठूलो भूमिका खेलेका थिए ।
राष्ट्रपतिमा निर्वाचित हुनअघि उनले फिलिपिन्सबाट लागुऔषध र भ्रष्टाचार निर्मुल पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए । गत मेमा निर्वाचित भए यता लागुऔषध कारोवारको आरोपमा ६ हजारभन्दा बढी प्रहरी कारवाहीमा मारिसकिएको बताइएको छ ।
मानवअधिकारवादी संस्था र विपक्षीले उनीविरुद्ध महाभियोग दार्ता गर्न माग गरे पनि उनी आफ्ना मतदाताबीच निकै लोकप्रिय छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण