बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

मन्दिरका महन्थ गाँजासहित पक्राउ

शुक्रबार, १५ पुस २०७३, ११ : १३
शुक्रबार, १५ पुस २०७३

धनुषा– जनकपुरबाट एक मन्दिरका महन्थसहित दुईजना लागुऔषध गाँजासहित पक्राउ परेका छन् ।

स्थानीय युवाहरुको सक्रियतामा बिहीबार बिहान ६ केजी गाजा र ४८ हजार रुपैयाँसहित उनीहरुलाइ चिन्ताहरण हनुमान मन्दिरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा मन्दिरका महन्थ ७० बर्षिय जगदीश कापर र सोही गाउँकी ६५ बर्षिय श्यामादेव ठाकुर रहेका छन् । उनीहरुले गाँजाको व्यपार गर्ने गरेको स्थानीयको दावी छ ।

पक्राउ परेका दुबैलाई स्थानीयले प्रहरीलाई बुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप