बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

संचालनमा आयो ‘सडक एप्स’ : सडक मर्मतबारे जानकारी मोबाइलमा

शुक्रबार, १५ पुस २०७३, १२ : ५०
शुक्रबार, १५ पुस २०७३

काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडक एप्स संचालनमा ल्याएको छ ।

सडक मर्मतबारे जानकारी दिन शुक्रबारबाट एप्स प्रविधिको सुरुवात गरिएको हो ।

सडक बोर्ड नेपालले संचालनमा ल्याएको सो एप्सको उदघाटन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले बोर्डले आफनो स्थापनाको १४ वर्षको अवसरमा सडक मर्मतबारे जानकारी दिन सुचना प्रविधिको सुरुवात गरेको भन्दै खुसी व्यक्त गरे ।

उनले एप्सले आम उपभोक्तालाई सडक मर्मतबारे जानकारी दिने विश्वास व्यक्त गर्दैै भने ‘निश्चित लक्ष्य बनाएर कामको सुरुवात गर्नस, मन्त्रालय त्यसमा सहयोगी बन्छ ।’

सडक मर्मत हुने स्थानका बारेमा जानकारी नहुँदा सर्वसाधारणले सास्ती व्यहोरिरहनु परेका बेला बोर्डले सोसम्बन्धि जानकारी दिन एप्स संचालनमा ल्याएको हो ।

एप्सले सडक मर्मतबारे आम उपभोक्तालाई जानकारी दिने विश्वास व्यक्त गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप