भुवा पर्वको रौनक
कैलाली - सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत रुपमा मनाउँदै आएको भुवा पर्व विधिवत् रुपमा सुरु भएको छ ।
पञ्चेबाजाका साथमा खेलिने यो पर्व सुदूरपश्चिमका बाजुरा, बझाङ, अछाम, डोटी र मध्यपश्चिमका विभिन्न जिल्लामा मनाउने चलन रहेको छ ।
[caption id="attachment_104539" align="alignleft" width="840"] file[/caption]पौराणिककालमा कौरवमाथि पाण्डवले विजय प्राप्त गरेको दिनको सम्झनाका रुपमा मनाउँदै आएको यो पर्व बिहीबार अर्थात् पौस औँसीदेखि सुरु भएको हो । दसैँपछिको दोस्रो ठूलो चाडका रुपमा मनाइने यो पर्वमा पुरुषहरु हातमा तरबार र खुकुरी प्रदर्शन गरी मनाउने परम्परा छ । यस पर्वको सुरुको दिन राँके जुलुस निकालेर रातभर मादलका तालमा गीत गाउने गरिन्छ ।
सुदूरपश्चिममा पुसे १५ धुमधामका साथ मनाइँदै
सुदूरपश्चिममा आज पुसे १५ पर्व धुमधामका साथ मनाइँदै छ । पुस १५ को रात वर्षभरिकै सबभन्दा लामो रात हुने जनविश्वासका साथ रातभर जाग्राम बसी यो पर्व मनाउने प्रचलन छ ।
यस क्षेत्रको मौलिक पर्वमध्येको एक पर्वका रुपमा लिइने यस पर्वमा आज रातमा ठूलाबडाको मुखबाट कथा, दन्ते कथाका साथै शुक्ति सुन्ने चलन रहिआएको छ ।
यस पर्वमा मीठा–मीठा खाने परिकारका साथै विशेष गरी तरुल पकाएर खाने चलन रहेको पाइन्छ । कतिपय ठाउँमा आजका दिनमा चामल तथा मासको पिठो घ्यू, दहीलगायतका विभिन्न अन्नका सामग्रीबाट भुस्सामे रोटी (मोटो रोटी) बनाएर खाने प्रचलनसमेत रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण