आजबाट फाल्गुनन्द गोल्डकप हुँदै
पाँचथर– पूर्वी नेपालको प्रतिष्ठित फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिता शुक्रवारबाट सुरु हुँदैछ ।
१६ औँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनको स्मृतिमा फिदिमको फिदिम स्पोर्टिङ क्लवले सञ्चालन गर्दै आएको प्रतियोगिताको यो आठौँ संस्करण हो ।
प्रतियोगिताको संघीय मामिलातथा स्थानीयविकास राज्यमन्त्री श्रीप्रसाद जवेगूले उद्घाटन गर्ने कार्यक्रम रहेको फिदिम स्पोर्टिङ क्लबले जनाएको छ । प्रतियोगिताको आठौँ संस्करणलाई टुवोर्ग वियरले मूख्यप्रायोजन गरेको छ ।
यस बर्षबाट प्रतियोगिताको पुरस्कार राशीमा वृद्धि गरिएको छ । जसअनुसार विजेताले २ लाख ५० हजार रुपैँया र उपविजेताले १ लाख ५० हजार रुपैँया पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन आयोजक फिदिम स्पोर्टिङ क्लबले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको हिमकस्तुरी क्लब सिराहा–११ सँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगितामा फ्यान्स क्लब भुटान, विर्ता युनाइटेड क्लबझापा–११, शेर क्लबकालिङ्पोङ भारत, साइनो स्पोर्टिङ क्लबमोरङ–११, कर्णसिंह सोनाम स्मृतिक्लबताप्लेजुङ, एलेभेन एरोज सुनसरी, चर्च ब्वाइजक्लब काठमाण्डौँ र हिमालयन शेर्पा क्लब काठमाण्डौँले प्रतिस्पर्धा गर्दैछन् ।
फिदिम स्थित फिदिममाध्यमिकविद्यालयको खेलमैदानमा हुने प्रतियोगितालाई थपव्यवस्थित बनाउन झण्डै ५ हजार दर्शक अट्ने बाँसको अस्थायी प्याराफिट निर्माण गरिएको फिदिम स्पोर्टिङ क्लबका महासचिव पासाङ तामाङले वताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण