टाटा टियागो बर्षकै सर्वोत्कृष्ट ‘ह्याचब्याक कार’
काठमाडैं– विभिन्न विधाहरुमा सर्वोत्कृष्ट ठहरिदै ‘टाटा टियागो ह्याचब्याक कार’अन्तर्राष्ट्रिय अवार्डहरुबाट सम्मानित भएको छ । टाटा ह्याचब्याक वर्षकै सर्वोत्कृष्ट साबित हुन सफल भएपछि उसले यो सम्मान पाएको हो ।
उक्त कारले सिएनबिसि.–टि.भि. १८ ओभरड्राइभ अवार्ड २०१७ मा “कम्प्याक्ट कार अफ द इयर” त्यसैगरि अटो पोर्टल बेस्ट कार अवार्ड २०१७ मा “बेस्ट ह्याचब्याक अफ द इयर” र एन.डि.टि.भि. कार एण्ड बाइक अवार्ड २०१७ मा “इन्ट्री ह्याचब्याक अफ द इयर” अवार्डहरु हात पार्न सफल भएको छ ।
हालै अवार्ड वितरण कार्यक्रमहरुमा नयाँ जमानाको स्पोर्टी ह्याचब्याक, टाटा टियागोको पर्फमेन्स र ड्राभिङ्ग डाइनामिक्स सम्बन्धी सम्पूर्ण पक्षहरुको चर्चा गरिएको थियो ।
अत्याधुनिक डिजाइनसहित डाइनेमिक ड्राइभिङ्ग सुविधायुक्त टाटा टियागोले उक्त वर्गको उत्कृष्ट उत्पादनको प्रतिनिधित्व गरेको कार्यक्रममा जानकारि दिइएको थियो ।
आकर्षक बडी वीथ सार्प लाइन, सिग्नेचर हेग्जागन ग्रिल र नयाँ बहुमुखी विशेषताहरुसहित विश्वासिलो, चुस्त एवं साहसिक टाटा टियागोले अत्याधुनिक इन्टेरियरको समेत प्रतिनिधित्व गर्ने गर्दछ ।
साथै २१ औं शताब्दीको सिटी र इको जस्ता मल्टी ड्राइभ मोडले फ्यूल इकोनोमी कायम राखी उत्कृष्ट ड्राइभिङ्गको अनुभव प्रदान गर्ने कम्पनीले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण