बिहीबार, ०४ असार २०८३
ताजा लोकप्रिय

नेपाली समाजलाई विखण्डनतर्फ लैजान खोजिदैछ : सचिव भट्टराई

शुक्रबार, १५ पुस २०७३, १० : ४८
शुक्रबार, १५ पुस २०७३

काठमाडौँ - नेकपा एमालेका सचिव योगेश भट्टराईले संविधान संशोधनको प्रस्ताव मुलुकको हितमा नरहेकाले यसबारे जनतालाई सुसूचित गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रेस चौतारी नेपालले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भौगोलिक विविधताका बाबजुद पनि मिलेर बसेका नेपाली समाजलाई विखण्डनतर्फ लैजाने उद्देश्यले ल्याइएको सो प्रस्तावविरुद्ध नेकपा एमालेको नेतृत्वमा विभिन्न नौ दलले यही पुस २२ गते सभा गर्न लागेको जानकारी दिए ।

पार्टी प्रचार विभागका उपप्रमुख सूर्य थापाले नौ दलले देश र जनताको स्वतन्त्रता र स्वाभिमानको पक्षमा लडाइँ सुरु गरेकाले त्यस्तो अभियानलाई प्रेसले निष्पक्ष रुपमा साथ दिनुपर्नेमा जोड दिए ।

सोही विभागका सचिव विष्णु रिजालले नौ दलले संयुक्त रुपमा गर्न लागेको सभा तथा आन्दोलनले मुलुकलाई विखण्डन गर्न चाहने स्वदेशी तथा विदेशी तत्वलाई ठूलो शिक्षा हुने विचार व्यक्त गरे ।

प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतले मुलुकमा विद्यमान समस्याको निकासका लागि विभिन्न नेता तथा नागरिक समाजका प्रतिनिधिसँग काठमाडौँ उपत्यकामा शनिबारदेखि बिहीबारसम्म छलफल तथा अन्तक्र्रिया गरिने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन पन्त
अर्जुन पन्त
लेखकबाट थप