महिमालाई १० प्रश्न : प्रेम गर्ने आँट कसैले देखाउन सकेनन्
काठमाडौँ । एक समयकी हट अभिनेत्री हुन् महिमा सिलवाल । ग्ल्यामरमा उदार उनको पहिरनको चर्चा खुबै हुन्थ्यो पहिले । अहिले भने ‘कुल’ भएकी छन् उनी । पछिल्लो समय उनलाई हट पहिरनमा बिरलै देख्न पाइन्छ । जिगोलो, अप्रिल फुल, दानवलगायत दर्जनभन्दा बढी चलचित्रकी यी नायिका व्यावसायिक फड्को मार्नमा भने पछि नै छिन् । सायद त्यसैले होला उनी अचेल ‘चुजी’ भएकी छन् । अर्थात् छानेर मात्र चलचित्र अभिनय गर्न थालेकी छन् । निर्र्माता रिझाएर चलचित्र पाउँछिन् भन्ने हाल्ला पनि चलेको थियो, उनको बारेमा । ती हल्ला गलत भएको बताउँदै अहिलेसम्म डेटिङ अनुभव नभएको सुनाउँछिन् । प्रेमभन्दा पनि करियरलाई अहिले महत्वका साथ हेरेको बताउने उनीसँग कुबेर गिरीले राखेका दस प्रश्न ।
कत्तिको नक्कल पार्नुहुन्छ ? खासै नक्कली छुइनँ है । अभिनयबाहेक अन्य समयमा पनि मलाई मेकअपमा बस्न मन लाग्दैन । कुनै पनि कार्यक्रम वा सभा समारोहमा जानुपर्यो भने हल्ला गर्नै पर्यो । १० देखि १५ मिनेटभित्रमा मेकअप सिध्याउँछु । मस्कारा, कोल्ड क्रिम, लिपस्टिक सधैँ लगाउने गरेकी छु ।
फेसनमा कति ध्यान दिनुहुन्छ ? चलेका फेसन लगाउन रुचाउने केटी हुँ म । त्यसैले समयअनुसार जे पहिरन बजारमा चलेको छ, त्यो किनिहाल्छु । मलाई प्रायः गाउन र वान पिस लगाउन मनपर्छ ।
फिटनेसबारे ? फिटनेसमा त्यति रुचि छैन भन्दा पनि हुन्छ । बिहान घरमा हल्का जुम्बा गर्छु । त्यसपछि साइक्लिङ गर्ने बानी छ । तपाईं कति रुनु हुन्छ ? चलचित्रको अभिनय छाडेर भन्ने हो भने रियल लाइफमा नरुने केटी म । किन किन मलाई सितिमिति रुनै आउँदैन । आजभन्दा चार वर्ष अगाडि हजुरआमा बित्नुभएको थियो । त्यो बेला धेरै रोएकी थिएँ ।
रिसाहा केटी भन्छन् नि ? हो, यो कुरो सही हो । मलाई धेरै रिस उठ्छ । किन किन म यसलाई मेन्टेन गर्न नै सक्दिन । तर लामो समयका लागि रिस उठ्दैन । छोटो समयका लागि सानोसानो कुराले रिस उठिरहेको हुन्छ । यो समयमा म जे पनि गर्न सक्छु ।
केही पहिले प्रेमको हल्ला चलेको थियो नि, सही हो ? यो नचाहिँदो हल्ला हो । म अहिलेसम्म प्रेममा छैन । यसमा अल्झिने समय होइन मेरो । पहिले करियर बनाउँछु । अनि प्रेम, रोमान्स गरौँला । अर्काे कुरा अहिलेसम्म प्रेम गर्ने आँट पनि कसैले देखाएका छैनन् ।
कस्तो ठाउँमा डेटिङ जाने रहर छ ? मलाई हल्का लाइट म्युजिक, डिम लाइट डिनरको साथमा रोमान्टिक डेटिङ नै मनपर्छ । म चलचित्र क्षेत्रको मानिस भएर होला यस्तो मन परेको सायद ।
रोजेको व्याक्तिसँग डेटिङको अवसर मिल्यो भने ? अहिलेसम्म कसैले पनि दिएका छैनन् यस्तो अफर । दिए पनि नेपालमा मैले त्यस्तो कसैसँग सोचेकी छैन । नेपाली सबै मलाई दाजुभाइ जस्तो लाग्छ । बलिउडको कुरा गर्ने हो भने बच्चैदेखि सलमान खान मनपर्छ । सायद उनीसँगै जान चाहन्छु ।
बिर्सनै नसक्ने घटना कुनै छ ? झमेला भन्ने चलचित्रको सुटिङमा टुचिनमा झुन्डिनुपर्ने सिन थियो । तल सेती खोला । मिस्टेकले म त्यहाँबाट खस्ने दृश्य दिनुपर्ने । मलाई टुचिनमा झुन्ड्याइयो । तर तल केही सेफ्टी प्रयोग नगरिएको देखेर मेरो त प्राण नै निस्केला जस्तो भयो । डराई डराई मैले त्यो अभिनय सकेँ । त्यो सिन सम्झेर अहिले पनि डर लाग्छ ।
झगडालु हुनुहुन्छ रे नि ? नचाहिँदो कुरा । कसले भन्यो यस्तो । म झगाडादेखि सधैँ टाढा बस्ने केटी । अहिलेसम्म ठूलो झगडा कसैसँग भएको छैन । सानोतिनो भयो होला । ठूलो झगडा भयो भने एक किकमा झगडा गर्न आउनेलाई ढाल्दिन्छु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण