पर्यटन प्रवद्र्धनका लागी तौलिहवा–काठमाडौँ एसी बस संचालन
कपिलवस्तु–कपिलबस्तु यातायात ब्यबसायी समितिले पर्यटन प्रवद्र्धनका लागी तौलिहवा–काठमाडौ एसी बस संचालनमा ल्याएको छ । जिल्लाका पर्यटकिय तथा पुरातात्विक स्थलहरुको प्रचारप्रसारसंगै यात्रुको सुविधालाई ध्यानमा राख्दै समितिले एसी सेवासहितका बस संचालनमा ल्याइएको हो ।
तिनवटा ‘न्यू सलिना’ एसी रात्री बस सेवाको कपिलबस्तु क्षेत्र नं ३ का संसद बृजेश कुमार गुप्ताले एक कार्यक्रम बिच उद्घाटन गरेका हुन् ।
उद्घाटनपछि बस सञ्चालक सुनिल गौतम, दिपक अधिकारी र बेद प्रसाद भण्डारीले कपिलबस्तुको समग्र पर्यटकीय क्षेत्रको बिकासमा टेवा पुर्याउन तथा आन्तरिक एवं बाह्य पर्यटक र जिल्लाबासीहरुलाइ आरामदायी यात्राका लागी बस संचालनमा ल्याएको प्रतिकृया दिएका छन् ।
कपिलवस्तुको तौलिहवाबाट काठमाडौंको लागि साँझ ७ बजे र काठमाडौंबाट तौलिहवाको लागि नयाँ बसपार्कबाट साँझ ६ः३० बजे दैनिक एक–एक वटा छुट्ने उनीहरुले बताएका छन् ।
दैनिक सेवामा तौलिहवा–काठमाडौं र काठमाडौं–तौलिहवा गरि ३ वटा एसी बस संचालनमा रहेको समाजसेवी राजु प्रसाद अर्यालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण