कसले जलायो बानेश्वरमा सरकारी गाडी ? (फोटोफिचर)
प्रहरी भन्छ, 'युवा संघ', युवा संघ भन्छ, 'घुसपैठ भयो'
काठमाडौं - नयाँ बानेश्वरमा सरकारी गाडीमा युवा संघका कार्यकर्ताले आगजनी गरेको छ । बानेश्वरको अल्फाबिटा अगाडि शुक्रबार दिउँसो बा २ झ १३९२ नम्बरको सरकारी गाडीमा आगजनी भएको हो ।
बानेश्वर प्रहरीका अनुसार पार्किङ गरिएर सरकारी स्कर्पियो गाडीमा युवा संघका कार्यकर्ताहरुद्वारा आगजनी गरेका हुन् । बानेश्वरमा युवा संघले विरोध र्याली आयोजना गरेको थियो । विरोध र्यालीमा सहभागीहरुले नै गाडीमा आगजनी गरेको प्रहरीको भनाई छ ।
युवा संघका प्रवक्ता प्रभात विक्रम कटुवालले भने आफूहरुले आगजनी नगरेको बताए । ‘हाम्रो विरोध कार्यक्रम थियो, तर आगजनी गर्ने कुनै कार्यक्रम थिएन । कसैको घुसपैठ भएको छ,’ कटुवालले भने ।
तर, सामाजिक सञ्जालमा देखिएको भिडियोमा भने युवा संघकै कार्यकर्ताले नाराबाजी गर्दै गाडी तोडफोड गर्दै जलाएको देख्न सकिन्छ ।
युवा संघका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथि कोहलपुरमा बिहिबार साँझ खुकुरी प्रहार भएको विरोधमा संगठनले विरोध र्यालीको आयोजना गरेको थियो ।
यसअघि युवा संघ नेपाल रुपन्देही अध्यक्ष दुर्गा प्रसाद तिवारीको पनि गोली हानी हत्या गरिएको थियो ।
बा २ झ १०५५ नम्बरको अर्को एउटा सरकारी गाडीमा तोडफोड भएको छ ।
प्रहरीका अनुसार आगजनी भएको वागमती सभ्याता विकास परियोजनाको स्कारपियो गाडी र तोडफोड भएको अर्को हाइलक्स सडक विभागको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण