फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर मृत्यु
गौशाला - महोत्तरीको सदरमुकाम जलेश्वरमा आज बिहान फलफूल बेच्दाबेच्दै कठ्याङ्ग्रिएर एक जनाको मृत्यु भएको छ ।
जलेश्वर नगरपालिका– २ बस्ने ६० वर्षीय राजेन्द्र साह तेलीको मृत्यु भएको उनका छोरा सत्रोहन साह तेलीले बताए ।
आज बिहान निरन्तरको चिसो हावा र शीतलहर चलिरहेको बेला जलेश्वर नगरपालिका– १ स्थित बसपार्कमा रहेको आफ्नै फलफूल पसलमा फलफूल बेच्दै गरेका साहको एक्कासि कठ्याङ्ग्रएिर मृत्यु भएको प्रत्यक्षदर्शी श्याम चौधरीले जानकारी दिए।
फलफूल बेच्दै गरेका साहले अति जाडो भएको भन्दै गोजीबाट चुरोट निकालेर सल्काउन खोज्दा कठ्याङ्ग्रिदो जाडोका कारण उनको शरीरको देब्रे भागमा प्यारालाइसिसजस्तो भएर चल्न छोडेपछि स्थानीयवासीको सहयोगमा उपचारका लागि जलेश्वर जिल्ला अस्पतालमा लगेको र त्यहाँ उनको प्राथमिक उपचार पछि थाप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको छोरा सत्रोहनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण