सप्तरीमा गहुँको बीउको अभाव
सप्तरी - सप्तरी जिल्लामा उन्नत जातका गहँुको बीउको अभाव भएको गुनासो बढेको छ ।
जिल्लामा कुल ७० हजार हेक्टर जमिनमा गहुँबाली उत्पादन गर्न सकिने भए पनि सरकारले माग अनुसारको उन्नतजातको गहँुको बीउ नदिँदा अहिलेसम्म ३० हजार हेक्टरमा मात्र गहुँबाली लगाउने गरेको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।
उन्नत जातको बीउ नपाउँदा स्थानीय कृषकले न्यून गुणस्तरको गहँुको बीउ सीमावर्ती भारतीय बजार क्षेत्रबाट किनेर ल्याउने गरेको पाइएको छ ।
प्रतिहेक्टर एक सय २० किलोको दरले गहँु छर्न जिल्लामा तीन हजार मेट्रिक टन गहँुको बीउ आवाश्यक रहेपनि सरकारीस्तरबाट अनुदानको उन्नत जातको दुई हजार मेट्रिक टन बीउ मात्र उपलब्ध गराइएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।
सरकारले ४० प्रतिशत अनुदानमा प्रदान गरेको बीउ प्रतिकिलो ४४ रुपैयाँ ५० पैसामा बिक्री भइरहेको आवाश्यकता तर भन्दा कम गहँुको बीउ आपूर्ति हुँदा वितरण गर्न निकै समस्या परेको कृषि विकास कार्यलयका सूचना अधिकृत दिनेश यादवले बताए ।
जिल्लाका लागि इटहरीस्थित राष्ट्रिय बीउबिजन कम्पनी पूर्वाञ्चल क्षेत्रीय कार्यलयबाट प्रशोधित गौतम, आदित्य, विजय, एनएल ९७१, र भुकुटी जातका गुणस्तरीय र उन्नत जातको गहँुको बीउ आयात भएको तर मागअनुसार कम भएको गहुँका डिलरले बताउने गरेका छन् ।
जिल्लामा गहुँको बीउ बिक्रीवितरण गर्ने ३० वटा डिलर सञ्चालनमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण