वामपन्थी र दरवारीयाहरुले धेरै भ्रम फिजाए : वरिष्ठ नेता पौडेल
पोखरा - नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले राष्ट्र जोगाउने चिन्ता काँग्रेसमाथि आइपरेको बताएका छन् ।
नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको पश्चिमाञ्चलस्तरीय क्षेत्रीय भेला एवम् अधिवेशनको आज यहाँ उद्घाटन गर्दै राष्ट्र र लोकतन्त्रप्रति नैँ षड्यन्त्र भइरहेकाले यी दुबैको अस्तित्व जोगाउने जिम्मा काँग्रेसको काँधमा आएको बताए ।
वरिष्ठ नेता पौडेलले वामपन्थी र दरवारीयाहरुले धेरै भ्रम फिजाए पनि नेपाली काँग्रेस भने राष्ट्रियता र प्रजातन्त्रको आदर्शमा अटुट रुपमा अघि बढेको विचार व्यक्त गर्दै असल चरित्र, संस्कार र धर्मको बाटोमा अघि बढे काँग्रेसलाई कहिल्यै पनि कसैले पराजित गर्न नसक्ने दृढता व्यक्त गरे ।
मधेसवादी दलहरुको असन्तुष्टीलाई मिलाएर लैजाने चिन्ता पनि काँग्रेसमा रहेको बताउँदै उहाँले राष्ट्र र जनताको सेवकरुपमा काम गर्न पशु स्वास्थ्य सेवाका प्राविधिकलाई निर्देशन पनि दिए ।
वरिष्ठ नेता पौडेलले कर्मचारीको पेसागत हकहितका लागि काँग्रेस सधैँ साथमा रहने बताउँदै देशमा कृषि र पशुपालन क्षेत्रमा अपार सम्भावना रहेको धारणा व्यक्त गरे ।
धेरै युवा विदेशवाट सिकेको सीप र ज्ञान प्रयोग गर्दै व्यावसायिक रुपमा यस क्षेत्रमा लागेकोमा उनले खुसी व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारले जेठमा मात्रै गर्यो २ अर्ब ४० करोड बजेट खर्च
-
हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन गरिँदै
-
रास्वपा प्रथम महाधिवेशनः महाधिवेशन स्थल निर्माण तीव्र
-
उज्बेकिस्तानविरुद्ध पहिलो हाफमा कोलम्बियाको अग्रता
-
स्वयम्भूको सार्वजनिक जग्गादेखि डल्लुको देवस्थलसम्म व्यक्तिको कब्जामा
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण