सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

एउटै घरमा बस्छन् तर २० वर्षदेखि श्रीमतीसँग रिसाएर बोलेका छैनन्, अचम्म छ कारण  

सोमबार, १८ पुस २०७३, १६ : १७
सोमबार, १८ पुस २०७३

हुन त झगडा नहुने श्रीमान् श्रीमती कसको होला र ? तर यहाँ जुन जोडीको कुरा गर्दै छौं त्यो सायद कसैको पनि छैन होला । यो जोडी एक अर्कासँगै एउटै घरमा बस्छन् तर विगत दुई दशकदेखि उनीहरुको दोहोरो कुराकानी भएको छैन ।

दक्षिणी जापानको नाराका ओतोयु कातायाम आफ्ना तीन सन्तान र श्रीमती युमीसँगै बस्छन् । विगत २० वर्षदेखि उनले श्रीमतीलाई ‘हँ, अँ’ र टाउको हल्लाएर जवाफ दिन्छन् ।

यी जापानी जोडीको यो शुन्यताबारे उनका १८ वर्षे छोरा योसिकीले जानकारी दिएका हुन् । आफ्नो आमा–बुवाले कहिले पनि कुराकानी गरेको नदेखेको बताउँदै उनले एक टेलिभिजन कार्यक्रमलाई उनीहरुको समस्या सुल्झाइदिन आग्रह गरे ।

उक्त टेलिभिजनले उनीहरुको पहिलो भेट एउटा पार्कमा गराउने चाँजोपाँजो मिलाइदियो । उनीहरुको भेटलाई उनका तीन सन्तानले हेरिरहेका थिए ।

‘तिमीले जहिले पनि सन्तानलाई ध्यान दियौ ।’

‘युमी, तिमीले अहिलेसम्म अनेकौं दुःख झेल्यौ । यसका लागि म तिमिप्रति निकै आभारी छु भन्ने कुरा थाहा पाउ ।’

ओतोयुले श्रीमतीसँग नबोल्नुको कारण खोतल्दै भने, ‘मेरी श्रीमतीबाट मेरा सन्तानले पाइरहेको माया र समयका कारण उनीहरुप्रति मलाई डाहा लागेको थियो । जसले मलाई तनावमा पनि पारेको थियो ।’

‘अब सायद म पछाडि फर्केर हेर्दिनँ, ’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप