सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

गोहीसँग सेल्फी लिन खोज्दा...

मङ्गलबार, १९ पुस २०७३, ०९ : ३३
मङ्गलबार, १९ पुस २०७३

फ्रान्सकी एक महिलालाई गोहीले टोकेपछि अस्पतालको शैयामा पुगेकी छिन् । उनलाई गोहीले टोक्नुको कारण भने निकै रोचक छ ।

बेनेटुलियर लेसुफ्लियर, ४६, लाई गोहीले खुट्टामा टोकिदिएको छ । उनी गोहीसँगै सेल्फी खिच्ने तयारी गरिरहेकी छिन् ।

मध्य थाइल्याण्डस्थित खो याई नेशनल पार्कमा उनी आफ्ना श्रीमानसँग पुगेकी थिइन् । पोखरीमा गोही देखेपछि उनलाई उक्त जंगली जीवसँग सेल्फी खिच्ने रहर जाग्यो ।

नेशनल पार्कका प्रमुख कान्चिट श्रीनोपावानका अनुसार चेतावनी चिन्हलाई नजरअन्दाज गरी उनीहरु फोटो खिच्न पुगेका थिए ।

उनी अहिले अस्पतालमा छिन्, गोहीले टोकेको घाउ निकै पार्दै छिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप