अठ्ठाइस जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम
शनिबार, २३ पुस २०७३, ०९ : ०८
नवलपरासी - नवलपरासीसहित नेपालका २८ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम सञ्चालनमा छ ।
राष्ट्रिय योजना आयोग, सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गत खानेपानी, शिक्षा, महिला तथा बालबालिका र पशु सेवा तथा स्वास्थ्य मन्त्रालयमार्फत ती जिल्लामा विषयगत कार्यालयबाट पोषण कार्यक्रम सञ्चालनमा भएको हो ।
विशेष गरी एक हजार दिन उमेरका आमा, गर्भवतीदेखि शिशु, दुई वर्ष समय उमेरसम्मका आमा र शिशुलाई आवश्यक पोषण, जन्मिसकेपछि आवश्यक खोप सेवा दिनेबारे प्रचारप्रसार गर्नु कार्यक्रमको उदेश्ये हो ।
नवलपरासीका रामग्राम नगरपालिकासहित २० गाविसमा कार्यक्रम सञ्चालनमा छ । यसका लागि यस वर्ष करिब रु एक करोड बराबरको कार्यक्रम मन्त्रालयबाट स्वीकृत भइसकेको जिविसका पोषण फोकल पर्सन एवम् कार्यक्रम अधिकृत मोहन ज्ञवालीले बताए ।
विसं २०७०–७१(सन् २०१३) देखि नेपालमा सो कार्यक्रम लागू भएको हो । पहिलो वर्ष छ जिल्ला, दोस्रो वर्ष ११ र तेस्रो वर्ष बाँकी ११ जिल्लामा बहुक्षेत्रीय पोषण कार्यक्रम लागू छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाढीले सयौँ विषालु सर्प बगाएपछि....
-
एन्डी बर्नह्याम बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित
-
गोरखापत्र संस्थानद्वारा विभिन्न पदमा दरखास्त आह्वान
-
रुसले डिजेलको निर्यातमा लगायो पूर्ण प्रतिबन्ध
-
डढेलोमा परेर स्पेनमा १२ जनाको मृत्यु
-
सरकारलाई घचघच्याउन मिटरब्याज पीडितको ‘न्याय मार्च’, एक हप्तामा काठमाडौँ पुग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण