भूकम्प प्रतिरोधात्मक घर बनाउन मन्त्री केसीको जोड
विराटनगर - सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिताको पालना गरी भूकम्प प्रतिरोधात्मक घर बनाउन जोड दिएका छन् ।
उन्नाइसौँ भूकम्प सुरक्षा दिवसका अवसरमा यहाँ आज जिल्ला देवीप्रकोप उद्धार समितिद्वारा आयोजित कार्यक्रममा उनले भवन आचारसंहिताको सम्बन्धमा सर्वसाधारणमा जनचेतना फैलाउनुपर्ने औंल्याए ।
उनले सहरी विकास मन्त्रालयद्वारा गठित उच्चस्तरीय निर्देशन समितिले भवन निर्माणका साथै आधुनिक सहर बनाउनका लागि बाटो, शुद्ध खानेपानी, बिजुली, टेलिफोन र फोहोर व्यवस्थापनको समेत व्यवस्था मिलाउने किसिमको काम गर्नुपर्ने निर्देशन जारी गरेको जानकारी गराए ।
मन्त्री केसीले पाँच वर्षअघि १९ प्रतिशत जनता नगरमा बसोवास गरेकामा यतिखेर ४२ प्रतिशतमा पुगे पनि नगरका जनताले तिरेको करको अनुपातमा सुविधा नपाइरहेको तर्फ ध्यानकेन्द्रित गर्नुपर्ने विषय उल्लेख गरे ।
यसअघि सो दिवसका अवसरमा विराटनगर उपमहानगरपालिकाको परिसरबाट सुरु भएको प्रभातफेरी जिल्ला प्रशासन कार्यालयको परिसर पुगेर सम्पन्न भएको थियो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण