विजेपी छाडेर कंग्रेस पुगे सिद्धु
नयाँ दिल्ली – क्रिकेटरबाट राजनीतिज्ञ नवजोत सिंह सिद्धु भारतीय कंग्रेस पार्टीसँग आबद्ध भएका छन् । आइतबार पार्टीका उपाध्यक्ष राहुल गान्धीलाई भेटेपछि तीन पटकका पूर्व सांसद्ले पार्टीमा आबद्ध भएका हुन् ।
यद्यपि, उनको औपचारिक पार्टी प्रवेश भने सोमबार कंग्रेस मुख्यालय नयाँ दिल्लीमा भेट भएको थियो ।
सिद्धुले पछिल्लो हप्ता नै कंग्रेसमा प्रवेश गर्ने बताइए पनि अन्तिम समयमा त्यो रोकिएको थियो ।
५३ वर्षीय सिद्धुलाई स्टार भोट बैंक मानिन्छ । आगामी महिना हुने पञ्जाव चुनावमा कंग्रेसलाई उनले जीत दिलाउने अनुमान गरिएको थियो ।
भारतको उत्तरी राज्यमा फेब्रुअरी ४ मा चुनाव हुँदैछ । कंग्रेस एक दशकपछि त्यहाँ सत्तामा आउन चाहन्छ ।
गत जुलाईमा सिद्धुले राज्य सभा सदस्यबाट राजीनामा दिएका थिए भने गत सेप्टेम्बरमा विजेपी छाडेका थिए । उनले आम आदमी पार्टीसँग छलफल गरे पनि त्यो सफल भएन ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण