ओखलढुंगाका भूकम्प प्रभावितद्वारा घर निमार्ण शुरु
ओखलढुंगा– ओखलढुंगाका भूकम्प प्रभाबितहरुले पहिलो किस्ता बातपको रकम पाएसंगै आवास निमार्णको काम सुरु गरेका छन् । पीडितहरुले पहिलो किस्ता बातपको ५० हजार रकम पाएकामध्ये हालसम्म ७ सय ६७ जनाले आवास निर्माण सुरु गरेका हुन् ।
तिमध्ये ४० घर भूकम्प प्रभाबितहरुले पहिलो किस्ता बापतको रकमले घर निमार्ण थालनी गरी दोस्रो किस्ताका लागी मापदण्ड पुरा गरिसकेको जिल्ला बिकास समिती ओखलढुंगाका कम्प्युटर अपरेटर पदम परियारले जानकारी दिए ।
उनिहरुलाई गाँउघरमा खटिएका ईन्जिनियरहरुले दोस्रो किस्ता बापतको रकमका लागि घर निमार्ण मापदण्ड पुरा भएको जानकारी आएको परियारले बताए । अब उनिहरुलाई ईन्जिनियरको सिफारीस अनुसार दोस्रो किस्ताका लागि फारम भाराईने छ ।
ओखलढुंंगामा १९ हजार ८ सय १९ भुकम्प प्रभाबितमध्ये १८ हजार ४ सय ८६ जनासंग पहिलो किस्ताका राहतका लागी सम्झौता भैसकेको छ ।
ति मध्ये १ हजार ८ सय ३२ भुकम्प प्रभावितको खातामा पहिलो किस्ता बापतको ५० हजार पुगिसकेको छ । अब १३ सय ३३ भूकम्प प्रभाबितलाई पहिलो किस्ता बापतको रकम बितरण गर्न बाँकी रहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण