क्यामरुन बन्यो अफ्रिकी च्याम्पियन
गाबोन – एक गोलले पछि परेको स्थिति उल्टाउँदै क्यामरुनले इजिप्टलाई २–१ गोलले हराउँदै पाँचौ पटक अफ्रिका कप अफ नेसनसको उपाधि उचालेको छ ।
खेलको २२ औँ मिनेटमा मोहमद इल्नेनीको गोलको मद्दतले इजिप्टले अग्रता लिए पनि खेलको दोस्रो हाफमा निकोलास एनकोउलुले गोल गर्दै खेल बराबरीमा ल्याए । खेल सकिन दुई मिनेट बाँकी छँदा अतिरिक्त खेलाडीको रुपमा मैदान प्रवेश गरेका भिन्सेन्ट अबुबकारले गोल गर्दै क्यामरुनलाई विजयी गराए । क्यामरुन १५ वर्षपछि अफ्रिकी च्याम्पियन बनेको हो । योसँगै क्यामरुन प्रतियोगिताको दोस्रो सफल राष्ट्र पनि बनेको छ ।
यो प्रतियोगिता सबैभन्दा धेरै पटक इजिप्टले जितेको छ ।
प्रतियोगिताको अन्डरडग मानिएको क्यामरुनले सशक्त मानिएको घानालाई पन्छाउँदै फाइनलसम्म पुगेको थियो ।
उता, ७ वर्षपछि आठौँ पटक उपाधि जित्ने होडमा रहेको इजिप्टको सपना पनि चुँडिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण