हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउने अभियान फागुनमा
काठमाडौँ - हरेक वर्ष सञ्चालन हुँदै आएको हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अभियान यो वर्ष आगामी फागुन २१, २२ र २३ गते सञ्चालन हुने भएको छ ।
स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागअन्तगर्तको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले ३० जिल्लाका एक करोड पाँच लाखलाई सो रोगविरुद्वको औषधि खुवाउन लागेको हो ।
ती जिल्लाका दुई वर्षभन्दा माथिका मानिसलाई हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन लागिएको महाशाखाका तुलसी अधिकारीले बताए । तर दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घरोगी, एक हप्ता नपुगेका सुत्केरी महिलाले हात्तीपाइलेको औषधि सेवन गर्न नहुने उनको भनाइ छ ।
अभियानअन्तर्गत पहिलो दिन २१ गते जिल्लाका विभिन्न बुथबाट औषधि खुवाउने छ भने दोस्रो र तेस्रो दिन घरदैलो भने घरदैलो कार्यक्रम गरी औषधि खुवाउने कार्यक्रम रहेको छ ।
सरकारले चालु आर्थिक वर्षमा सो रोगको सर्वे गर्ने र निःशुल्क हाइड्रोसिल शल्यक्रियाका लागि रु ३६ करोड विनियोजन गरेको छ ।
अभियान सञ्चालन हुने जिल्लामा पाँचथर, इलाम, झापा,मोरङ, सुनसरी, धनकुटा, भोजपुर,तेह्रथुम, उदयपुर, ललितप, लमजुङ, पर्वत, म्याग्दी, बाग्लुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, सुर्खेत दैलेख, जाजरकोट, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, बाजुरा, बझाङ बैतडी र दार्चुला रहेका छन् ।
नेपालका ६१ जिल्ला हात्तीपाइले रोगको जोखिमयुक्त जिल्लामा छन ्। तीमध्ये सबै जिल्लामा विभिन्न चरणमा गरी औषधि खुवाइने कार्यक्रम चलिसकेको छ । जसमध्ये ३१ वटा जिल्लाका कार्यक्रम समाप्त भइसकेको महाशाखाले जनाएको छ ।
त्यसैगरी हात्तीपाइले रोगका कारण हाइड्रोसिलका बिरामी बढेपछि देशभरका ६० अस्पतालबाट शल्यक्रिया गर्ने प्रबन्ध मिलाइएको छ । नेपालमा करिब एक लाख हाइड्रोसिलका बिरामी रहेको अनुमान छ ।
जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नली सुन्निनु, रातो भई दुख्नु, हातगोडामा नीला काला धर्सा देखिनु, गिर्खा बढ्नु, पुरुष अण्डकोष ठूलो हुनु, दुख्नु, गिर्खा भेटिनु र पछि हाइड्रोसिल अर्थात् अण्डकोष वरिपरी पानी भरिएर ठूलो हुनेजस्ता लक्षण देखिएमा हात्तीपाइले ९फाइलेरिया० भएको हुनसक्छ । साथै, महिलामा यौनाङ्ग अथवा स्तन सुन्निनु र दुख्ने भएमा पनि हात्तीपाइले भएको हुनसक्छ ।
नेपालमा हात्तीपाइले रोग उचेरेचिया काँक्राफ्टि परजीविको सङ्क्रमणबाट फैलिएको पाइएको छ । सङ्क्रमित भएको मान्छेको शरीरमा खासगरी रातिको समयमा छालामुनि रहेको रगतको नलीमा माइक्रोफाइलेरिया प्रवेश गरी बस्ने हुँदा सो समयमा क्यूलेक्स या अन्य जातको लामखुट्टेबाट सङ्क्रमण फैलने गर्दछ ।
विश्वमा अपाङ्ग बनाउने सबैभन्दा ठूलो रोग मानिएको हात्तीपाइले रोगका रूपमा चिनिएको यो रोगको नेपालका ६१ जिल्लामा सङ्क्रमण देखिएपछि सरकारले सन् २००३ देखि निवारणका लागि औषधि सेवन गराउने कार्य सुरु गरेको थियो ।
सन् २०२० सम्म नेपालबाट पूर्णरूपमा यो रोग निवारण गर्ने उद्देश्यका साथ सन् २०१८ सम्म सबै जिल्लाका मानिसलाई औषधि खुवाइसक्ने लक्ष्य नेपाल सरकारले राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण