हत्यामा संलग्न दुई सार्वजनिक
बागलुङ - जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय विष्णु थापामगर रहेका छन् ।
गत बुधबार राति कुश्मीसेरा–८ तिनहरेमा मृतक थापाको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो । मादकपदार्थ सेवनपछि भएको झगडामा लाठी प्रहारबाट थापाको मृत्यु भएको प्रहरी अनुसन्धानले देखाएको छ । आरोपित दुवैले घटनामा आफूहरुको संलग्नता स्वीकारेको बागलुङका प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले बताए ।
होटलमा मादकपदार्थ सेवन गरेका विष्णु, होटल सञ्चालक भीमबहादुर र मृतक कृष्णबहादुर बीचको झगडा हात हालहालको अवस्थामा पुगेको थियो । भाइ पर्ने विष्णुको पक्ष लिई भीमबहादुरलाई कुटपिट गरेका कृष्णबहादुरलाई पछि भीमबहादुरले टाउकामा लाठी प्रहार गरेको प्रहरीले जनाएको छ ।
आरोपित दुवैलाई थुनामा राखी अनुसन्धान गर्न जिल्ला अदालत बागलुङले सात दिनको म्याद थप गरेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको सत्याग्रहबारे मन्त्रीलाई बोलाउन संसदीय समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण