चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए
काठमाडौँ - भूकम्पपछिको पुनःनिर्माणका क्रममा चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता बुझेका छन् ।
मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६ परिवारले पहिलो किस्ताको रु ५० हजार बुझी घरको जगनिर्माण गरेर दोस्रो किस्ताको रु एक लाख ५० हजार लिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ ।
अहिलेसम्म दोस्रो किस्ता वितरण राष्ट्रिय पुनःनिर्माण प्राधिकरणसँग सम्झौता गरी काम गरिरहेका गैरसरकारी संस्थाले वितरण गरेको एकाइका प्रमुख गणेशराज वस्तीले जानकारी दिए ।
“भूकम्प अति प्रभावित १४ जिल्लामा २० हजार पीडितलाई गैरसरकारी संस्थाले पुनःनिर्माणका लागि अनुदान दिने प्राधिकरणसँग सम्झौता भएको छ, गैरसरकारी संस्थाको अनुदान पाउने लाभग्राहीले सरकारले दिने सहयोग पाउँदैनन्”–उनले भने ।
भूकम्प अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरमा पहिलो किस्ता लिई जग निर्माण गरेर इन्जिनियरबाट सिफारिस भई आएका लाभग्राहीलाई दोस्रो किस्ता वितरण गर्न रु ११ अर्ब निकासा गरिएको एकाइले जनाएको छ । यो रकम ७३ हजार लाभग्राहीलाई वितरण गर्नपुग्छ ।
दोस्रो किस्ताले घरनिर्माण सम्पन्न गरेको सहरी विकास मन्त्रालय अन्तर्गत खटिएका प्राविधिकले सिफारिस गरेपछि छाना छाउने प्रयोजनका लागि रु एक लाख तेस्रो किस्तामा वितरण गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण