संविधान संशोधन हाम्रो प्राथमिकता : उपप्रधानमन्त्री निधि
सोमबार, २४ माघ २०७३, १० : २४
गौशाला - उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधन वर्तमान सरकारको प्राथमिकता रहेको बताएका छन् ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा आज पत्रकारसँगको भेटघाटको क्रममा गृहमन्त्री निधिले संविधान संशोधनपछि मात्रै चुनाव सम्भव रहेकाले संविधान संशोधन नै हाम्रो पहिलो प्राथमिकता रहेको बताए ।
उनले संविधान संशोधनपछि एकसाथ देशका सबै जनता र पार्टीलाई चुनावमा सहभागी हुने बाटो प्रशस्त गर्ने साथै आन्दोलनरत मधेसी मोर्चालगायतको मागसमेत सम्बोधन हुने भएकाले संविधान संशोधनपछि मात्रै चुनाव हुने ठोकुवा गरे ।
गृहमन्त्री निधिले सरकार निर्वाचनको तयारीलाई पनि तीव्रता दिएको र आन्दोलनरत पक्षसहित विपक्षसँग पनि सहमतिको कुराकानी एकसाथ अघि बढाएकाले सहमति हुनेबित्तिकै चुनावको मिति पनि तोकिएर देश चुनावमा जाने निश्चित रहेको प्रष्टाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण