हिम पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु
काबुल - अफगानिस्तानको पुर्वीक्षेत्रमा पर्ने दुर्गम गाउँमा हिउँ पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको छ ।
घटनामा अन्य कैयौँ घाइते भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।
“यो दुखदायी प्राकृतिक प्रकोपले हाफ्सा गाउँ र विषेशगरी वर्ग इ मताल जिल्ला निकै प्रभावित भएको छ, प्रारम्भीक विवरणहरुका अनुसार कम्तीमा ५० जनाको मृत्यु भएको छ, अरु एक दर्जन घाइते भएका छन् ।” प्रान्तीय एक उच्च अधिकारीले सिन्ह्वालाई जानकारी दिए ।
पाकिस्तानको सीमा क्षेत्रमा भएको सो घटनामा परि मृत्यु हुनेहरुको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीले अनुमान गरेका छन् । अरु अनगिन्ती घरहरुमा क्षति भएको उनीहरुले जानकारी दिएका छन् ।
“प्रभावित क्षेत्रका सडकमा हिँउका कारण यातायात अवरुद्ध भएको छ भने उद्धार र सहयोगका लागि सुरक्षाकर्मी तथा उद्धारकर्मीहरु खटाइएको छ, उनीहरुले बाटोबाट हिउँ हटाउने प्रयास भइरहेको छ”, उनले भने ।
अफगानिस्तानका विभिन्न ठाउँमा भएको बाक्लो हिमपात र अत्याधिक जाडोका कारण पछिल्लो तीन दिनमा मात्रै ९० जनाको मृत्यु भएको छ । सोही अवधिमा हिँउले गर्दा झण्डै २०० ओटा घरमा क्षतिपुगेको छ ।
गत चौविस घन्टाको अवधिमा अफगान सुरक्षा फौज र राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणको पहलमा झण्डै चालीस ओटा सवारी साधनका कैयौँ यात्रुलाई उद्धार गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण