नेपाली काँग्रेसनिकट सांस्कृतिक सङ्घको महाधिवेशन : निर्वाचन प्रक्रिया अन्योलमा
सोमबार, २४ माघ २०७३, १७ : २४
काठमाडौँ - नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक सङ्घको दोस्रो महाधिवेशनको निर्वाचन प्रक्रिया अन्योलमा परेको छ ।
माघ २१ गते उद्घाटन भएको महाधिवेशन २२ गते बन्दसत्र र २३ गते मतदान हुनुपर्नेमा प्रतिनिधि विवाद र सहमतीय प्रणालीमा जान खोजेपछि निर्वाचन प्रक्रिया अन्योलमा परेको हो ।
आठ सय ६१ प्रतिनिधि रहेको सो महाधिवेशनमा निर्वाचन अन्योलमा परेका कारण आधाजसो प्रतिनिधि जिल्ला फर्केको महाधिवेशन प्रतिनिधि दुर्गा रायमाझीले राससलाई जानकारी दिए ।
सांस्कृतिक सङ्घभित्र देखिएको विवाद मिलाउन पार्टीले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदको संयोजकत्वमा प्रदीप पौडेल र गुरुराज घिमिरे सदस्य रहने गरी तीन सदस्यीय निर्देशन समिति गठन गरेको थियो ।
निर्देशन समितिका सदस्य पौडेलले निर्वाचनबारे टुङ्गो लगाउन समितिको बैठक बसिरहेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण