प्रधानमन्त्री र बिमस्टेका महासचिव नाकान्दालाबीच भेट
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विमस्टेक बैठकको तयारीलाई तीव्रताका साथ अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्री दाहालले बिमस्टेकका महासचिव सुमित नाकान्दालासँग आफनै सरकारी निवास बालुवाटारमा भेट गरी सन् २०१७ मा नेपालमा सम्पन्न हुने विमस्टेक सम्मेलनको तयारीका विषयमा छलफल गरेका हुन् ।
भेटवार्तामा प्रधानमन्त्री दाहालले विमस्टेकको आगामी बैठकमा अध्यक्ष राष्ट्रको हैसियतले नेपालले खाडी मुलुकहरुको आर्थिक तथा प्राविधिक क्षेत्रको विकासमा जोड दिने बताएका थिए ।
विमस्टेकको आगामी सम्मेलनका विषयमा प्रधानमन्त्री र विमस्टेकका महासचिव सुमितबीच भेटवार्ता भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषिराज अधिकारीले जानकारी दिए ।
उनले प्रधानमन्त्रीले विमस्टेक क्षेत्रको आर्थिक उन्नतिका विविध विषयमा चर्चा गर्नु भएको पनि बताए ।
भेटवार्तामा महासचिव सुमितले नेपालको लुम्विनी क्षेत्रको विकासमा आफूले सक्दो सहमति गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका थिए ।
महासचिव सुमित बिम्स्टेकको संयुक्त कार्यदलको बैठकमा भाग लिन नेपाल आएका थिए । बिमस्टेकले सदस्य राष्ट्रहरुबीच गरिवी निवारण, व्यापार तथा लगानी, यातायात, संचार, उर्जा, पर्यटन आतंकवाद नियन्त्रण, जलवायु परिवर्तनलगायतका विषयहरुमा साझा धारणा तय गर्ने लक्ष्य बनाएको छ ।
बिम्स्टेकमा नेपाल, बंगलादेश, भारत, म्यान्मा, थाईल्यान्ड र श्रीलंका सदस्य राष्ट्र रहेका छन् । बिम्स्टेक दक्षिण तथा दक्षिण एशीयाली मुलुकहरुको उपक्षेत्रीय संगठन हो । यसको स्थापना सन् १९९७ मा भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण