क्यान्जेन माइक्रो हाइड्रोपावर बन्दै
रसुवा - कादूरी नामक गैससको आर्थिक एवम् प्राविधिक सहयोगमा हिमनदीको पानीलाई सदुपयोग गर्दै क्याङजेन नजिक एक सय किलोवाट क्षमताको विद्युत् आयोजना निर्माण हुने भएको छ ।
भूकम्पले प्रभावित तुल्याएको लाङटाङ क्षेत्रमा अहिले आवास तथा होटल पुनःनिर्माण एवम् सुदृढीकरण गर्ने कार्य प्रायः सम्पन्न भइसकेको छ । पर्यटक आउने वातावरण सिर्जना भइसकेको र अब निर्माण हुने विद्युत् आयोजनाले सबै क्षेत्रमा सहज हुने विद्युत् निर्माण उपभोक्ता समितिका अध्यक्ष सुब्बा तामाङले बताए ।
आफ्नो संस्थाको रु आठ करोड लगानीमा निर्माण गरिने विद्युत् आयोजनाबाट लाङटाङको क्याङजेन क्षेत्रमा अवस्थित १०० घरलाई विद्युत् सेवा दिइने कादूरीका प्राविधिक परियोजना प्रबन्धक बालचन रानाले बताए । आयोजना आगामी सेप्टेम्बर (भदौ–असोज) सम्म पूरा हुने बताइएको छ । भूकम्पपछि लाङटाङ गाउँ पहिराले पुरेपछि विद्युत्विहीन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा.गोविन्द केसीको जीवन रक्षाका लागि सरकारलाई ताकेता गर्न समितिमा निवेदन
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण