वर्षामा सङ्कलित पानी पिउदैं, विद्यार्थी शिक्षक
पाल्पा - असार साउनको आकासे पानी पुस माघमा पिउँछन् भन्दा अनौठो नमान्नुहोला १ पाल्पा जिल्ला भुवनपोखरी गाविसस्थित रैनादेवी माविमा असार साउनको सङ्कलित आकासे पानी अहिले शिक्षक विद्यार्थीले पिउँछन् ।
खानेपानीको चर्को समस्या रहेपछि आकासे पानीमा निर्भर छन्, त्यहाँका शिक्षक र विधार्थी । वर्षाको पानी सकिएपछि चैत वैशाखपछि गाउँ चारेर ल्याएको एक ग्रागो पानी दिनभरी पिएर बस्नुपर्ने बाध्यता उनीहरुको छ ।
वर्षातको थोपा–थोपा पानी सङ्कलन गर्न पाइने भएपछि यहाँका शिक्षक विद्यार्थी वर्षा हुन थालेपछि खुसी हुन्छन् । खानेपानीको चर्को समस्याका कारण विद्यालयले असार साउनमा वर्षातको पानी सङ्कलन नगरेमा उनीहरु पानी पिउनबाट वञ्चित हुन्छन् ।
विस २०२९ मा स्थापना भएको विद्यालयमा अहिले ४५० जना विद्यार्थी र १५ दरबन्दीका शिक्षक, एक जना बाल शिक्षिका, एक जना लेखापाल र एक जना परिचर लगायतले वर्षातमा सङ्कलन गरिएका पानी पिउँदै आएका छन् ।
कक्षा ८ मा अध्ययनरतले भुवनपोखरी गोखुङ्गाका सुरज नेपालीले विद्यालयमा वर्षातको समयमा सङ्कलित पानी पिउन बाध्य भएको बताउँछन् । पानीको मुहान नजिक नरहेपछि दैनिक पानी बोक्नुपर्ने बाध्यता हटेको छैन, पढाइ भन्दा पिउने पानीको समस्या यहाँ चर्को रहेको उनी बताउँछन् ।
आकासे पानी सङ्कलनका लागि विद्यालयले १५ हजार लिटरको ट्याङ्की राखिएका छन् । असार साउनमा सङ्कलित पानी फागुनमा आएर सकिन्छ ।
खानेपानीको समस्या बढ्दै गएपछि विधालयले अहिले दस हजार लिटरको ‘घैँटो’ निर्माण गर्न थालिएको छ । निर्माणाधिन घौंटो प्रयोगमा ल्याउन केहि महिना लाग्ने भएकाले यसपालि फागुनमा विद्यालयमा सङ्कलित पानी सकिनेछ, त्यसपछि पानीको चर्को अभाव हुने विद्यालयका प्राधानाध्यापक ऋषिराम पोखरेलले बताए ।
विद्यालय नजिकको क्षेत्रमा खानेपानीको मुहान नहुनु र लिफ्ट मार्फत पानी तान्न नसक्दा विद्यालयमा वर्षाको थोपा थोपा पानी सङ्कलन गरी विद्यार्थीले पिउनुपर्ने अवस्था रहेको विद्यालयका प्राधानाध्यापक पोखरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण