बिना अनुमति कक्षा थप्छन् निजी विद्यालय
तेह्रथुम - जिल्लाका अधिकांश निजी विद्यालयले अनुमति लिएको भन्दा बढी कक्षा सञ्चालन गरिरहेको आरोप लागेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार निजी विद्यालयले विद्यालय दर्ता गरेर कक्षा सञ्चालन गर्ने, तर बर्सेनि थपिने कक्षाका लागि अनुमति नलिने गरेका हुन् ।
अङ्ग्रेजी माध्यमको शिक्षाप्रति बढ्दो आकर्षणका कारण गाउँ–गाउँमा व्यावसायिक उद्देश्यले विद्यालय खुल्नेक्रम बढ्दो छ । त्यस्ता निजी विद्यालयले विद्यालय सुरु गर्दादेखि थप कक्षा सञ्चालन तथा विद्यालय बन्द गर्नसमेत अनुमति लिनुपर्नेमा अधिकांश निजी विद्यालयले सुरुवातमा विद्यालय सञ्चालन अनुमति लिएपछि कक्षा थप गर्न अनुमति नै नमाग्ने गरेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
निजी विद्यालयले थप कक्षा सञ्चालनका बारेमा अभिभावकले चासो नदिँदा र नियमक निकाय पनि मौन बसिदिँदा गाउँ–गाउँमा ठगी धन्दा मच्चाइरहेका छन् । अझ केही विद्यालय त बिना अनुमति पनि सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता विद्यालयलाई कारबाही गर्नेबारे जिल्ला शिक्षा कार्यालयले चासो नदिएको गुनासो बढेको हो ।
हरेक शैक्षिक सत्रको समापनपछि निजी विद्यालयले कक्षा सञ्चालनका लागि लिएको अनुमतिको विवरण हेरेर सचेत गराउने गरेको जिल्ला शिक्षा अधिकारी, कृष्णप्रसाद पोखरेलले बताए ।
शैक्षिक सत्रको सुरुवातमा निजी विद्यालय, अभिभावक र विद्यार्थी सबैलाई सचेत गर्दै आएको छौँ, जिशिअ पोखरेलले भने – “अहिलेसम्म त्यस्तो बढी कक्षा सञ्चालन गरेको उजुरी परेको छैन । अभिभावक वा अन्य कोहीले त्यसबारे उजुरी दिए हामी त्यस्ता विद्यालयलाई कारबाही गर्छौं ।” जिल्लामा हालसम्म २३ वटा निजी विद्यालय सञ्चालनमा छन् । त्यसमध्ये सातवटा विद्यालयले माध्यमिक कक्षा सञ्चालनको अनुमति लिएका छन् । बाँकी पाँचवटाले निमावि तह र अन्य ११ वटा विद्यालय प्रावि तहका मात्र कक्षा सञ्चालन अनुमति लिएका छन् । तर ती विद्यालयमा माथिल्लो कक्षासम्म पनि पढाइ भइरहेको छ ।
निजी विद्यालयले कक्षा थप गर्दा थुप्रै मापदण्ड पूरा गर्नुपर्छ, तर विद्यार्थी सङ्ख्यालाई मात्र आधार मान्दा पनि न्यूनतम २३ जना विद्यार्थी पनि नपु¥याउने विद्यालयको थप कक्षाको अनुमति दिइएको छैन, जिशिअ पोखरेलले बताए ।
यता प्याब्सन जिल्ला अध्यक्ष गजेन्द्र कन्दङ्वाले भने निजी विद्यालयलाई अनुमति लिएर मात्र कक्षा बढाउन गर्न निर्देशन गरेको बताए । उनले निजी विद्यालय सञ्चालकले न्यूनतम मापदण्डसमेत नपु¥याएको पाइए कारबाही गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण